अस्त–व्यस्त पर्यटन क्षेत्र, आन्दोलन अराजक र सरकार कठोर बन्दै

काठमाडौं । नेपाल पर्यटन बोर्डविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका पर्यटन व्यवसायीहरुले माग पुरा गराउन बोर्ड परिसरमा रिले अनसन जारी राखेका छन् । बोर्डभित्र ठूलो भ्रष्टाचार भएको र त्यसको छानबिन गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरुले गतसातादेखि अनशन थालेका हुन् । बोर्ड विरुद्ध परेको उजुरी छानविन गर्न पर्यटन मन्त्रालयले सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेपनि त्यसमा आफुहरुको प्रतिनिधित्व नगराइएको भन्दै व्यवसायीहरुले आन्दोलन चर्काउँदै आएका छन् ।

Untitled-1

नेपाल पर्यटन वोर्डमा भएको व्यबसायीको आन्दोलनले सिंगो देशको  पर्यटन क्षेत्र अस्त व्यस्त बन्दै गएको छ । पर्यटन बोर्डमा पर्यटकीय काम कार्बाही प्रभावित भएका छन् । आन्दोलनरत पक्षले पर्यटन वोर्डका कामु शुवास निरौलाले कर्मचारीका नाममा रकम बैंकबाट निकालेको भनेर आरोप लगाएपछि सो आरोपको पर्यटन वोर्डले खण्डन गरेको छ । पर्यटन वोर्डले विना प्रमाण र विना आधारमा व्यबसायीले जथाभावि ढंगले पर्यटन वोर्डको वदनाम गरेको बताएको छ । हालको अबस्था सम्म आइपुग्दा व्यबसायीको आन्दोलन अराजक बन्दै गएको छ भने पर्यटन वोर्ड र व्यबसायीबीच आरोप प्रत्यारोप बढेको छ । व्यबसायीको आन्दोलन स्थगित नहुने र सरकार पनि नझुक्ने अबस्थाले पर्यटन वोर्डलाई समस्यामा पारेको छ । आन्दोलन सुरु भएको झण्डै एक महिानादेखि पर्यट वोर्डका सबैजसो काम कार्बाही ठप्प रहेका छन् । आन्दोलनबाट सिंगो देशको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ । व्यबसायीहरुले आन्दोलन नरोक्ने बताईरहँदा सरकारले पनि आन्दोलनका बारेमा गम्भिर भएर समस्या समाधानको पहल गर्नतर्फ लागेको छैन । विशेष गरी पर्यटन मन्त्री, पर्यटन सचिव र पर्यटन बोर्ड गरी अधिकाँश सरकारी निकाय एक ढिक्का भएका छन् । उता विभिन्न सरोकारवालाहरुले पर्यटन वोर्डको छवि जोगाउन अपिल गरेका छन् । नेपाल उद्योग परिसङ्घले नेपाल पर्यटन बोर्डको आर्थिक कारोबार पारदर्शी नभएको भन्ने विषयमा उत्पन्न विवादको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विश्व पर्यटन बजारमा उच्च रहेको बोर्डको छवि जोगाउन सम्बद्ध पक्षसँग अपिल गरेको छ । पर्यटन विकासको यथेष्ट सम्भावना भएको मुलुक नेपालमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यबाट स्वायत्त निकायको रूपमा स्थापित पर्यटन बोर्डमा केही हप्तादेखि जारी विवादले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश नजाने भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । परिसङ्घले  एक विज्ञप्ति निकालेर उक्त संस्थाको छविमा समेत प्रतिकूल असर परेकाले पर्यटन व्यवसायी र बोर्ड दुवैले गम्भीर भएर शीघ्र निकास खोज्न माग गरेको छ ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *