सगरमाथा दिवसमा सरकारको अनुपस्थित

downloadकाठमाडौं । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको दिनको सम्झनामा मनाइएको सगरमाथा दिवसको कार्यक्रममा सरकार अनुपस्थित भएको छ । ६१ औं सगरमाथा दिवसका अवसरमा पर्यटन व्यवसायीहरुले बिहीवार गरेको कार्यक्रममा सरकार अनुपस्थित भएको हो । बिहिवार पर्यटन व्यवसायीले काठमाडौंको लैनचौरबाट दरबारमार्ग हुँदै भृकुटीमण्डपसम्म ¥याली निकालेर गरेको कोणसभा कार्यक्रममा सरकारका एउटै प्रतिनिधि उपस्थित भएनन् । नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचारको छानविन तथा बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्वको माग गर्दै पर्यटन व्यवसायीहरु एक महिनादेखि आन्दोलनमा रहेकाले सरकार सगरमाथा दिवसको कार्यक्रममा अनुपस्थित भएको हो । पर्यटन व्यवसायीहरुले भने सरकारले गर्ने कार्यक्रम वहिष्कार गर्ने घोषणा गरेका छन् । संयुक्त पर्यटन संयोजन समितिका संयोजक रमेश धमलाले आफूहरुले घोषणा गरेका विरोधका कार्यक्रम विपरित सेवा सञ्चालन गर्नेलाई भिजिलान्ते घोषित गरी कारवाही गर्ने चेतावनी समेत दिए । सगरमाथा दिवस मनाउन उपस्थित पर्यटन व्यवसायीहरुले पर्यटन बोर्डविरुद्ध लक्षित विरोधका कार्यक्रम विपरित सेवा सञ्चालन गर्ने व्यवसायीमाथि कारवाहीको चेतावनी पनि दिएका हुन् । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ को मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । त्यस यता करिब ५ हजार जनाले सगरमाथाको आरोहण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *