सरकारबाट जेठ र असारमा ७५ अर्व राजश्व उठाउनु पर्ने

imagesकाठमाडौं । सरकारले राजश्वको लक्ष्य पुर्याउन जेठ र असारमा झण्डै ७५ अर्व उठाउनु पर्ने छ । वैशाख मसान्तसम्म लक्ष्य भन्दा ६ अर्व कम राजश्व संकलन भएकाले २ महिनामा राजश्व संकलनको चाप बढेको हो । यो वर्ष ३ खर्ब ५४ अर्व ५० करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब ८० अर्व मात्रै राजश्व संकलन भएको छ तर सरकारले असार मसान्तसम्म राजश्व लक्ष्य पुरा हुने दावी गरेको छ । अर्थ मन्त्रालयका राजश्व महाशाखाका प्रमुख राजन खनालले जेठ र असारमा राजश्व धेरै उठने भएकोले लक्ष्य पुग्ने दावी गर्नुभयो । दुई महिनामा सरकारको पुँजी खर्च पनि बढ्ने र आय कर अन्तिम किस्ता तिर्ने समय भएकोले राजश्व बढ्ने उहाँको भनाइ छ । वैआन्तरिक राजश्व विभागले विभिन्न क्षेत्रमा टोली नै बनाएर बजार अनुगमन गरिरहेको छ । व्यवसायीले भने यसको बिरोध गर्दै आएका छन् । राजश्व लक्ष्य पुर्याउने नाममा गरिने बजार अनुगमनले बजारमा त्रास उत्पन्न गर्ने भन्दै व्यवसायीले बिरोध गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *