एलिजावेथ जो आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन्

१३ माघ,एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ संस्थाका रूपमा स्थापित अमेरिकी अध्येता एलिजावेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको सिविक अस्पतालमा निधन भएको छ ।
सन् ६० को दशकमा ‘टाइम’ पत्रिकाका लागि समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार एलिजावेथले त्यसयताको आफ्नो सम्पूर्ण जीवन हिमाल र हिमाली सोधखोज, अध्ययन, अनुसन्धानमा लगाएकी थिइन् ।
फोक्सोमा संक्रमण देखिएपछि हलीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *