चिलिमे जलविद्युत कम्पनीमा जागिर खुल्यो

काठमाडौँ, ११ मंसिर, चिलिमे जलविद्युत कम्पनी लिमिटेडले खुला प्रतियोगिताद्वारा केही कर्मचारीहरुको माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न पदमा स्थायी पदपूर्तिकालागि इच्छुक र योग्य उम्मेद्वारको माग गरेको हो ।

सूचनाअनुसार उप–प्रबन्धक, वरिष्ठ हाइड्रोपावर इन्जिनियर सिभिलतर्फ १ जनाको माग गरेको छ । यसैगरी सहायक प्रबन्धक, बरिष्ठ स्ट्रक्चर इन्जिनियर सिभिल १ जना, सहायक प्रबन्धक, जियोटेक इन्जिनियर सिभिल १, सहायक प्रबन्धक, वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर इलेक्ट्रिकल १ जना, वित्त विश्लेषक प्रशासन लेखातर्फ १ जना, इन्जिनियर इलेक्ट्रिकलतर्फ २ जना, मेकानिकलतर्फ १ जना, सिभिल तर्फ ८ जना, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनतर्फ १ जना, कम्प्यूटरतर्फ १ जनाको माग गरेको छ ।

यता वरिष्ठ सर्भेयर विविधतर्फ २ जना, जियोलोजिष्ट जियोलोजीतर्फ २ जना, लेखा अधिकृत प्रशासन तर्फ १ जना, सुपरभाइजर मेकानिकलतर्फ १ जना, सिभिल ३ जना र लेखापाल, स्टोरकिपर प्रशासनतर्फ १ जनाको माग गरेको हो ।

माग गरिएका पदहरु आजका मितिले ३० दिनभित्र अर्थात पुस १० गतेभित्र दरखास्त बुझाउन सकिने छ । विस्तृत विवरण आजको गोरखापत्रमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *