‘न्यूज फिड’मा परिवर्तन गर्दै फेसबुक, समाचार कम देखिने

काठमाडौं, पुस २९ । लोकप्रिय सामाजिक सन्जाल फेसबुकले समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि फिडमा मुख्य परिवर्तन गर्दै प्रयोगकर्तामैत्रि बनाउने भएको छ ।

फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले फेसबुकको वालमा आउने समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि फिडलाई नियन्त्रण गरी प्रयोगकर्ताका परिवारिक सदस्य, आफन्त र शाथीभाईको सम्बन्धलाई बढावा दिनेगरी आवश्यक परिवर्तन गर्न लागिएको जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘हामीलाई प्रयोगकर्ताहरुले दिएकोे प्रतिकृयामा उनीहरुको वालमा समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि पोस्टहरु अधिक देखिएका छन्, हाम्रा नीजि समय खेर गएको छ जसले हामीलाई एक–अर्कासँग जोडिन खर्च गछौं ।’

जुकरबर्गले आफू र आफ्नो टोलिलाई फेसबुक समाचार र व्यापारका लागि मात्र नभई आम मानिसहरुका लागि हो भन्ने जिम्मेवारीको महशुस भएको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्तामैत्रि फिडहरु अगामी हप्ताबाट सुरु गर्ने बताएको छ ।

यसअघि नै उनले सन् २०१८ को सुरुवातदेखि नै मानिसहरुले फेसबुकको सेवामा निकै परिवर्तन गरी प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो नीजि समय राम्रोसँग बिताउन सकोस् भन्नेमा ध्यान दिइने बताएका थिए ।

फेसबुकको यस कदमसँगै फेसबुकमा भर पर्ने सन्चारमाध्यमहरुलाई ठूलो घाटा लाग्नेछ । फेसबुकमार्फत धेरै मानिसहरुमाझ आफ्नो समाचार पुर्‍याउने संस्थाको लोकप्रियतामा अब कमी आउन सक्ने बताइएको छ ।

हावर्ड विश्वद्यिालयका पत्रकारिता ल्याबकी लारा हन्जार्ड भन्छिन्, ‘यसमा कुनै शंका छैन् । फेसबुकमा परिवर्तन जरुरी छ । यसले प्रकाशनगुहमा ठूलो असर गर्नेछ । अब फेसबुकमा हामीले समाचार कम देख्ने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *