वार्षिक ५० अर्बको सुनचाँदी कारोबार, राजश्वमा आठ अर्ब योगदान

नेपालमा वार्षिक ५०अर्ब रुपैयाँको सुनचाँदी कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो जानकारी दिएको छहो ।

पत्रकार सम्मेलनमा महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग समेत अघि सारेको छ ।

महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको महासंघको भनाई छ । एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्नुपरेको सुनचाँदी व्यवसायीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *