सचिबले नै लिन्छन विदेशी नागरिकता

काठमाडौं । सरकारका सचिब सहसचिब जस्ता उच्चपदस्थ कर्मचारी नै  विदेश भ्रमणका क्रममा त्यहाँको  स्थायी  बसोबास प्रमाणपत्र  लिएर फर्कन थालेपछि  सरकार त्यसप्रति चनाखो हुन थालेको छ ।विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमति लिएर श्वदेसको सुविधा लिइरहेका त्यस्ता कर्मचारीमाथि कारबाही  गर्न सरकारले प्रक्रिया  थालिसकेको छ ।  विदेशी नागरिकता लिइसकेपछि पनि स्वदेशको पेन्सन लिइरहेका  पूर्वकर्मचारीसमेत कारबाहीमा पर्दैछन् ।विभिन्न कार्यक्रमका सिलसिलामा  विदेश पुगेका बेला  स्थायी बासिन्दाको  प्रमाणपत्र  पिआर ग्रीनकार्ड  छोडाउने निष्कर्षमा सरकार पुगेको हो । ग्रिनकार्ड  वा पिआर  लिएर विभिन्न  देशमा बस्दै आएकाले  समेत पेन्सन  लिइरहेको पाइए  उनीहरूको सुविधा  खारेज गरिने  छ । मुख्यसचिब लिलामणी पौडेलले सरकारवाला निकायसँग त्यस्ता  कर्मचारीहरूको विवरण मागिसकेको जानकारी गराए । “आफ्नो  मुलुक छोडेर अर्को मुलुकको नागरिकता  वा पिआर  खोज्ने कर्मचारी  बफदार राष्ट्रसेवक हुने हैसियत राख्दैनन् ।”  पौडेलले भने “ मैले सामान्य प्रशासन लगायत  सरोकारवाला निकायसँग त्यस्ता कर्मचारीको विवरण मागेको छु, उनीहरुले खोजी गरिरहेका छन् ।” आजको नागरिकले लेखेको छ ।   निजामति सेवाका सचिब सहसचिलगायतका उच्चपदस्थ  कर्मचारी समेत  अध्ययन वा  विदेश भ्रमणमा जाँदा पिआर वा नागरिकता नै लिएर  फर्कने र स्वदेशको सुविधा पनि नछाड्ने  क्रम बढेको  पाइएपछि  त्यस्ता कर्मचारीमाथि निगरानी  बढाइएको स्रोत बताउँछ ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार  सरकारले  कुटनीतिक निकायमार्फत ती देशमा रहेका कर्मचारीहरूको विवरण मागेको छ ।    कानुनमा कर्मचारी  विदेश जाँदा  सरकारी स्वीकृति  लिनुपर्ने व्यवस्था छ ।  उनीहरू भने विभिन्न कार्यक्रम  तालिम वा अध्ययनको बहानान  विभिन्न देश पुगेर पिआर लिने गरेका छन् ।   घुम्न जाँदा पीआर  लिएर फर्केपछि  जागिरबाट अबकास  भएपछि  उता जान्छन्  तर यताको  पेन्सन लिइराख्छन् ।  अमेरिका, बेलायत,  अष्ट्रेलिया, जापान,  बेल्जियम,  नेदरल्याण्ड, नर्वे,  स्विडेन डेनमार्क,  रसिया फिनल्याण्डलगायतका देशमा पुगेर कर्मचारीहरुले  पीआर लिने गरेका छन् ।  कतिपय आफ्ना छोराछोरी उतै पठाउने र दिक्षान्त्र समारोहमा जाँदा पीआरको निम्ति आवेदज दिएर आउने गर्छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *