‘सहकारीको संख्या बढाएर विकास हुँदैन’

dakchha paudel 1

सहकारी मार्फत देशको अर्थतन्त्रलाई सबल र सफल बनाउने सपना साँचेर सहकारीको क्षेत्रमा अनबरत रुपमा लागेका व्यक्तिको नाम हो दक्ष पौडेल । नेपालको सहकारी आन्दोलनले सहकारीको संख्या बढाएर तिसहजार बनायो । संख्यागत ढंगमा भएको सहकारी बृद्धिले सहकारी आन्दोलनकर्ताहरु उत्साहित देखिएपनि प्रगति देखिँदैन । यसरी सहकारीको संख्या बढेपनि सहकारीहरु उत्पादन क्षेत्रमा सक्रिय हुन नसक्दा निकै चिन्तित छन् सहकारी क्षेत्रका यी यूवा हस्ती दक्ष पौडेल । राष्ट्रिय सहकारी विकास बोर्डका संचालक समेत रहेका पौडेल देशको आर्थिक समृद्धिका लागि सहकारी संस्थाहरु उत्पादन क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिन्छन् । सहकारी क्षेत्रको विकास देशको आर्थिक विकासका लागि हुनुपर्ने बताउने पौडेल सहकारी क्षेत्रमा शिक्षा, शिप र क्षमता बृद्धि आवश्यक रहेको पनि बताउँछन् । सहकारीका माध्यमबाट हरेक जिल्ला जिल्लाको विकासमा सामूहिक रुपले लाग्न सके साँच्चै नै देश समृद्ध हुन्छ भन्ने आशा र अपेक्षा बोकेका राष्ट्रिय सहकारी विकास बोर्डका संचालक- दक्ष पोडेल सँगको सहकारी वार्ता यहाँ प्रस्तुत गरिन्छ । 

सहकारी प्रति आम जनसमुदायको धारण सकारात्मक छैन, बर्तमान अबस्थामा सहकारी क्षेत्रमा के कस्ता समस्याहरु छन्, जसलाई समाधान गर्न जरुरी छ ? 
सहकारी क्षेत्रमा देखापरेका समस्या भनेको केही सहकारी संस्थाहरु जो नगन्य मात्रामा छन् । उनीहरुले सहकारीको खोल ओडेर सहकारी सिद्धान्त र सहकारी मूल्य मान्यता विपरीत गरेको ठगीका केही प्रकरण छन् । यसलाई निवारण कसरी गर्न सकिन्छ भन्ने बारेमा सबै सहकारीको चिन्ता छ । नेपालको सहकारी ऐन र नियमावलिाई पनि केही सुधार गर्न जरुरी छ । त्यसबाहेक मुख्य कुरा सहकारीहरुलाई व्यबस्थापनका लागि मर्ज गर्नुपर्ने तथा सहकारी सिद्धान्तलाई अझ प्रभावकारी बनाउनका लागि र सहकारी उत्पादनसँगै देशको अर्थतन्त्रमा यसले खेल्ने भूमिकाका बारेमा नयाँ रणनीति तय गर्न तर्फ लाग्नुपर्ने आबश्यकता रहेको छ । 

नेपालमा सहकारीको संख्या जसरी बढ्यो त्यसैगरी यसको सही व्यबस्थापन र विकास हुन सकेन होइन ? 

अबको अबस्थामा सहकारीहरु सहकारी आन्दोलन भनेर हिड्ने होइन । अब सहकारी उत्पादन, सहकारी व्यबस्थापन तथा सहकारीबाट हुने आर्थिक परिवर्तनका सवाल बोकेर हिड्नै पर्छ, यो जरुरी कुरा हो कि सहकारीको सँख्या बढेर सहकारी विकास हुँदैन । सहकारीको सामूहिक लगानीमा के गर्ने ? भन्ने कुराको बहस जरुरी छ, यो अबस्थामा नेपालको सहकारीको बस्तुगत अबस्था बुझेर नेपालमा सहकारीको लगानी कसरी उत्पादन क्षेत्रमा गर्न सकिन्छ ? सामूहिक रुपमा यसको सवलिकरण कसरी गर्न सकिन्छ ? र सहकारीबाट आर्थिक जीवनस्तर कसरी उठाउन सकिन्छ भन्नेबारेमा सोँच्न जरुरी छ । पक्कै पनि हामी संख्या बढाउनतर्फ लाग्यौं, तर गुणस्तर बढाउन लागेनौं यही नै ठुलो समस्या हो । अबको समयमा हामी सहकारी आन्दोलन भनेर होइन कि सहकारी उत्पादनमा सामूहिक लगानीको अबधारणा लिएर अघि बढ्न जरुरी छ । साथै सहकारी मर्जरको अबधारणा तथा सहकारी व्यबस्थापनका सवाललाई जोड दिन अति जरुरी छ । यदी उत्पादन क्षेत्रमा सहकारीको सहभागिता नहुने हो भने सहकारी आन्दोलन र सहकारी विस्तार भएको कुराले मात्रै उपलव्धि हासील गर्न सक्ने छैन । सहकारी संस्थहरु व्याजको चक्करमा मात्रै घुम्ने हो भने तथा बचत र ऋणमा सिमित हुने हो भने सहकारीबाट देशको विकास हुन सक्दैन । राज्यले तीनखम्बे अर्थनितिमा सहकारीलाई एक खम्बाको रुपमा घोषणा गरीसकेको अबस्था छ । त्यसको जिम्बेवारी सहकारी संघ, सहकारी क्षेत्रका संघसंस्था र सहकारी कर्मीहरुले लिन सक्नुपर्छ । 

dakchha poudel 2

सहकारी उत्पादन भन्दैमा एउटा बाख्रा दिएर गरीवी निवारण गर्ने काम पनि गाउँगाउँमा भएको छ, यसले के अर्थ राख्ला र ? 
नेपालको विकास अब सहकारीको माध्यमबाट मात्रै सम्भव छ । तर सहकारीको विकास भनेको संख्यात्मक रुपले विकास भएर हुँदैन, त्यसको गुणात्मक रुपमा विकास हुन जरुरी छ । त्यसको विविधिकरण हुन जरुरी छ । सहकारी संस्थाहरु विषयगत हुनु पर्छ । ३० औं हजार सहकारीको आवश्यकता छैन । एक जिल्लामा एउटा सहकारीले संपूर्ण जिल्ला हाक्न सक्नु पर्छ । त्यस किसिमको सहकारीको अबधारणमा हामी जान जरुरी छ । सहकारी भनेको सानो हो भन्ने गलत बुझाई छ ।
सहकारी भनेको सहकार्यता, आपसमा सहकार्य मार्फत सामूहिक सहभागिताका माध्यमबाट समाज निर्माणका लागि, देशको विकासका लागि लाग्ने कुरा हो । जुन समाजमा जे कुराको आवश्यकता छ त्यो आवश्यकतालाई परिपूर्ती गर्नका लागि सहकारीले काम गर्ने हो । त्यो समूदायको लागि सामूहिक सहभागितामा काम गर्ने कुरा  । 

तर ठुलो स्केलमा उत्पादन तर्फ सहकारीको लगानी किन हुन सकेन ? 
विडम्बना २०४६ सालदेखि आजसम्म आइपुग्दा सहकारीको संख्यामा मात्रै हामीले जोड दियौं, हामीले गुणात्मक रुपमा जोड दिन सकेनौं । आज भारतमा १६ पटक महासम्मेलन भएको अबस्था छ भने हामीले वल्ल पहिलोपटक महासम्मेलन गरिरहेका छौं । अब बृहत रुपमा जिल्ला जिल्लामा गएर सहकारी मर्जर अभियान चलाउन जररी छ । आआफ्नो जिल्लामा हाइड्रोमा लगानी गर्ने, आआफ्नो जिल्लामा कृषि उत्पादन गर्ने, आआफ्नो जिल्लामा अर्गानिक खेती गर्ने यसरी सहकारी उत्पादनमूखि भएर जान जरुरी छ । राज्य भनेको नीत बनाउने ठाउँ हो ।  विकास गर्ने भनेको जनताले हो, र त्यो जिम्मेवारी अब यहाँका सहकारीमा आएको छ । 

राष्ट्रिय सहकारी संघले किन यो मुभमेन्ट बोक्न सकेन ? 
म एउटा जिम्मेवार व्यक्ति भएका कारण मैले राष्ट्रिय सहकारी संघका बारेमा नकारात्मक कुरा गर्न मिल्दैन । तथापी एउटा कुरा के हो भने कतिपय जिम्मेवार तहमा रहेका व्यक्तिले पनि सहकारीको विकास पद्धतिलाई कता लैजाने र यसको मुभमेन्टलाई कसरी सफल बनाउने भन्नेबारे सोच्न नसकेकै हो । सहकारी संस्थाले यो गर्न पाउँदैन, उ गर्न पाउँदैन भनेर काम गर्न नदिएको अबस्था पनि हो । नराम्रो र गैरकानूनि काम बाहेक सबै काम सहकारीले गर्न पाउँछ । विकासका लागि, उत्पादनका लागि सहकारीलाई बृहत रुपमा अघि बढाउने बारेमा अब बहस हुन जरुरी छ ।  

dakchha poudel 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *