बङ्गलादेशलाई २ अर्ब डलर ऋण दिँदै

9-11-2012_67181_lबङ्गलादेश । विश्व बैङ्कले बङ्गलादेशलाई २ अर्ब ७० करोड अमेरिकी डलर ऋण दिने योजनालाई अन्तिम रूप दिएको छ । बङ्गलादेशलाई विभिन्न आयोजनामा लगानी गर्न यो रकम दिन लागिएको बैङ्कका अध्यक्ष जिम योङ्ग किमले जानकारी दिएका छन् । भारत, ब्राजिल, बङ्गलादेश इण्डोनेशियालगायत आठ देशका सञ्चार प्रतिनिधिहरूसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । ‘प्रस्तावित २ दशमलव ७ अर्ब डलरको नयाँ ऋण योजनाले सरकार र अन्य सरोकारवालाहरूलाई अति विपन्न वर्गसम्म पु¥याउन प्रत्यक्ष भूमिका निर्वाह गर्ने आशा गरेका छौं,’ किमले भने । बङ्गलादेश सरकारसँग बैङ्कको सम्बन्ध सधैँ सुमधुर रहेको छ र निरन्तर रहने उनको भनाइ थियो । ‘त्यहाँको एउटा परियोजनामा हामीले केही कठिनाइको सामना गर्नुपरेको थियो, जसमा हामी असहमत भयौं,’ उनले भने, ‘तर एउटा परियोजनामा मात्रै यस्तो भएको हो ।’ बङ्गलादेशलाई महत्त्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै बैङ्कले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने गरेको किमले बताए । ‘जुनसुकै र जस्तोसुकै प्रकृतिका सरकार वा देश भए पनि यसबारेको अडान सधैं उही रहने अध्यक्ष किमले जोड दिए । बङ्गलादेशको नतीजा ज्यादै प्रभावशाली देखिएको भन्दै सन् १९९० र २००० देखि २०१० को बीचमा गरीबी नाटकीय रूपमा घटेको बताए । ‘बङ्गलादेशमा चरम गरीबीको स्तर उल्लेख्य रूपमा घटेको छ । अरू उदीयमान देशहरूमा जस्तै बङ्गलादेशमा पनि धेरै चुनौती छन् । बङ्गलादेशले ऊर्जा उत्पादनमा सुधार गर्नु आवश्यक छ’, उनले थपे । विगत ५ वर्षयता बङ्गलादेशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहँदै आएको छ । एजेन्सी । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *