आर्थिक निती र राजनीतिक स्थायित्व चाहिन्छ

डा. चिरञ्जीवि नेपाल (प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकार )

chiranjibi nepal

देशको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गएको छ यसको प्रमुख कारण के देख्नुहुन्छ ? 

यसमा पहिलो कारण त देशको राजनीतिक स्थायित्व नहुनु नै हो । अर्को कुरा आर्थिक नीतिको स्पष्टता नहुनु हो । यि दुईवटा कारणले नै देशको अर्थतन्त्र सबल हुन सकेन । देशमा लगानी बढाउनु, लगानी गर्नु, कलकारखाना चलाउनु यी सबै कुरालाई आर्थिक निती र राजनीतिक स्थायित्व चाहिन्छ । 

हामीकहाँ २००७ सालदेखि परिवर्तनहरु सुरु भयो, तर गणतन्त्रसम्म आइपुग्दा पनि आम नागरिकको जीवन स्तरमा परिवर्तन भएन नी ? 

परिवर्तन भनेको विकास र समृद्धिका लागि नै हो । मुलुक र आम नागरिकको सक्षमताका लागि हो । तर अहिले यहाँको परिवर्तन कस्तो भयो भने एउटा राजनीतिक पार्टी फेरेर अर्को पार्टी आउने मात्रै परिवर्तन भयो । यो सबै के हो भने हामीकहाँ दुरगामी दृष्टिकोण भएका राजनेताको अभाव हो । मलाई के लाग्छ भने त्यस्ता नेताका रुपमा वी।पी। कोइरालालाई मात्र देखियो जसलाई राप्रपा नेपालले समेत आदर्शको पात्र मानेको छ । यसले गर्दा त्यस्ता राजनेताको अभाव रह्यो, जसले गर्दा मुलुक अघि बढ्न सकेन । मुलुकले दुःख पाउँदा गरिब जनताले दुःख पाउने हो । हामिले त्यस्ता राजनेता पाउन सकेनौ र त्यस्ता ब्यक्तिको हातमा देश सुम्पीन सकेनौ । 

देशको आर्थिक विकास र समृद्धिको सवाललाई हेर्दा हामीकहाँ उर्वरशील भुमि त घर बनाएरै सकिन लाग्यो, अब त्यस्तो राजनेता भेटियो भने के घर भत्काएर उत्पादन गर्न सम्भव होला र ?

यो सबै विकास र स्पष्ट नीतिको अभाव नै हो । कुन ठाउँमा बस्ती विस्तार गर्ने ? कुन ठाउँमा उत्पादन गर्ने भन्ने कुरामा हामी प्रष्ट भएनाँै । यहि कुरामा एकरुपता नआएकै कारण अब्यवस्थित रुपमा बस्ती बढेको छ र त्यो पनि उर्वर भुमिमा बस्ती बढेको छ । यसले नराम्रो र कुरुप शहरको अवस्था बढ्दै छ । अब उदाहरणका लागि काठमाडौँमा घर भत्काएर फराकिलो सडक बनाइयो, त्यो गलत हो । नयाँ शहरको विकास नयाँ ठाउँमा गरिनुपर्छ । भारतमा पुरानो शहर कलकत्ता हो । त्यहाँ सडक सानो भयो भनेर घर भत्काइएन, त्यहाँ त दिल्ली भनेर नयाँ शहर बसालियो । दिल्ली थोरै विकसित भयो, पछि नयाँदिल्ली शहर बसालियो । त्यस्तै अमेरिकको न्यूयोर्क सीटि पुरानो राजधानी त्यसलाई भत्काइएन र वासिङटन डिसीमा सारियो । टर्किको स्थानपुर राजधानी थियो पछि ब्यवस्थितका लागि राजधानी सारियो । जापानमा पनि त्यसरी ब्यवस्थित शहर प्लानिङ बाटै सुरु गरियो । तर हामिकहाँ त्यस्तो भएन । सानो भयो या अब्यवस्थित भयोे भने पनि भत्काउने होइन, परिवर्तन गर्ने हो । तर हामिकहाँ पुरानो सम्पदा र संस्कृति सबै भत्काएर तहस नहस गर्ने यो त भएन नि । हाम्रो देशमा मुलुक सञ्चालन गर्नमा योजनाको दृष्टिकोणको अभाव छ । यसले गर्दा देशमा झन् अनिश्चितता बढ्दै गएको छ । 

शहर बढ्दैछ, घर ठुला बनेका छन्, जडिवुटि सुकिरहेको छ, हाम्रो शिक्षा बेरोजगारी बन्दै गएको छ । विकासको परिभाषा के मान्ने ?

घर बन्ने, बाटो बन्ने भनेको समय परिस्थिति अनुुसार आफै विकसीत हुने कुरा हो । तर खास विकास भनेको मानवको क्षमता वृद्धि हो । देशमा भएको तल्लो भन्दा पनि तल्लो ब्यक्ति सक्षम हुनु हो । यो ब्यक्ति सक्षम भयो भने मात्रै उसले अर्थोपार्जन गर्न सक्छ । यसर्थ ब्यक्तिको विकसीत मनस्थिति स्वच्छ शरिर र उसंग सिपको भण्डार हुनु नै विकास हो भन्ने मलाई लाग्छ । 

सरकारले उत्पादन बढाउने नारा निकै अघि सारेको छ । के हामीले आर्जन गरेको शिक्षाले उत्पादन क्षमता बढ्ला ? हामीले गरेका उत्पादनका अभ्यासहरु सहि होलान् ?

अहिले सबैभन्दा महत्वपूर्ण कुरा नेपालको अत्याधिक जनसंख्या के मा निर्भर छ भन्ने नै हो । यसरी हेर्दा सबैभन्दा बढि जनता निर्भर रहने कृषि पेशा हो तर फेरि सबैभन्दा गरिबी पनि कृषि मै छ । आन्तरिक रुपमा देशलाई अघि बढाउन कृषिमै राज्यले फोकस गर्ने हो, उत्पादन वृद्धिका लागि र ब्यक्तिको क्षमता बृद्धि तर्फ अघि बढ्नुपर्छ । त्यसका लागि सिपमुलक तालिमको जरुरी छ । उत्पादन भनेकै ब्यक्तिको क्षमताको वृद्धि गर्ने र सम्भावनाको खोजि गर्ने हो ।

सरकारले बनाएको नीति तथा कार्यक्रम ठीक छन् या आमूल परिवर्तनको खाँचो छ ?

आमूल परिवर्तन गर्न पर्दैन । कृषि क्षेत्रको कुरा गर्ने हो भने कृषि मन्त्रलयमा सम्वन्धित कुराको अध्ययन प्रसस्तै छ । त्यस्तै वाणिज्य मन्त्रालय, उद्योग मन्त्रालयमा पनि प्रसस्त अध्ययन भएको छ । हामीकहाँ डकुमेन्टेसनको अभाव होइन तर त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यसको कारण भनेकै स्थायि सरकारको अभाव र नितीमा प्रष्ट नहुनु हो । वर्षमा २÷३ वटा सरकार परिवर्तन हुन्छ र धेरै किसिमका निती आउँछ जसले गर्दा काम गर्न कठिनाई हुन्छ ।

dr Chiranjibi-Nepal

व्यापारी ब्यवसायिहरुको समस्या निकै बढेको गुनासो आइरहेको अवस्थामा तपाई के भन्नुहुन्छ ?

यसमा दुईवटै पक्षको कमजोरी छ । पहिलो कुरा त राज्यले कर तिर्ने वातावरण तयार गर्नुपर्छ । राज्यले तर्साएर कर लिने होइन । ब्यापारिलाई माया गरेर कर नतिर्नेलाई कर तिरौँ तिरौँ लाग्ने बनाउनु पर्छ । ब्यापारिले तिर्ने करबाट त देशको अर्थतन्त्र  फेरिने हो । त्यस्तै ब्यापारीले पनि कर तिर्न नपरे हुन्थ्यो भन्ने र कर छल्ने ब्यक्तिले आफुलाई गर्व महसुस गर्ने प्रबृद्धि खराव हो । कति ठुला र प्रतिष्ठित ब्यक्तिले समेत यस्तो गर्ने गरेका छन् । तसर्थ राज्यले कर तिर्ने ब्यक्तिलाई कर तिर्ने वातावरण बनाउनु पर्छ र अर्कोतिर राज्यलाई तिर्ने करबाट देशको विकास हुन्छ भन्ने कुराको महसुस कर तिर्नेले पनि गर्नुपर्छ । केहि समय लाग्छ विस्तारै सुधारको बाटोमा अघि बढिरहेको छ । यसमा राज्य पक्ष र ब्यवसायि दुवै पक्ष जिम्मेवार हुनुपर्छ । यसको बीचमा उपभोक्ता पेलिएका छन् ।

तपाईको बीचारमा राज्यले अर्थतन्त्र सुधार गर्न र धेरै कर उठाउन कस्तो नितीको अवलम्वन गर्नुपर्ला ? 

अब करको दर होइन, दायरा बढाउनुपर्छ । अधिकांस ब्यापारलाई करको दायरामा ल्याउनै सकिएको छैन । वैदेशिक रोजगारको क्षेत्र करको दायरामा आउन वाँकी छ । अन्य क्षेत्र पनि त्यस्ता छन् । जो करको दायरामा आएका छैनन् । अहिले जम्मा ११ लाख मानीसले कर तिरेका छन् । भनेको ९६ प्रतिशत जनताले बसीबसी खाने र ४ प्रतिशत ब्यक्तिले मात्रै कर तिर्ने परिपाटि छ । यसर्थ एउटा त करको दायरा बढाउनु पर्छ, अर्को मल्टि भ्याटको तयारी भइरहेको छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । अबका दिनमा उपभोक्तालाई मार नपर्ने गरि फरक– फरक दायरामा भ्याटलाई सिस्टोमेटिक बनाउनु पर्छ । हामि चर्को कुरा गर्ने तर ब्यवहारमा उल्टो काम गर्ने भइरहेको छ । यसर्थ सामान्य भन्दा सामान्य ब्यक्तिले पनि राज्यलाई कर तिर्नुपर्छ भन्ने हुनुप¥यो र त्यसका लागि ब्यक्तिको सिप र क्षमतामा वृद्धि हुनु आवश्यक छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *