‘गुगल ग्लास’ विक्रीमा ल्याउने तयारी

google glassगुगलको अत्याधुनिक चश्मा ‘गुगल ग्लास’ १५ अप्रिलमा बजारमा उपलब्ध हुने भएको छ ।  गुगलका अनुसार यसका लागि अनलाइन फर्म भर्नुुपर्छ, १८ वर्ष वा सोभन्दा माथि उमेर भएकाले मात्र यो चश्मा किन्न सक्ने छन् । जहाँ उसको क्षमताको जाँच हुनेछ । गुगल ग्लास जसले पहिला अर्डर गर्छन उसैले पहिले पाउने छन् । । यसको मूल्य १ हजार ५ सय अमेरिकी डलर अर्थात नेपाली मुल्य करिव डेढ लाख रुपैयाँ पर्नेछ । यसअघि २०१३ मा गुगलले ८ हजार डलरमा ‘गुगल ग्यास’ बचेको थियो । अब उसले परीक्षणका लागि थप मानिसहरुलाई बेच्न लागेको हो । साथै उसले छिट्टै आधिकारीक रुपमा बजारमा विक्रीमा ल्याउने तयारी गरेको छ । यो चश्मा लगाउनेको आँखाको इशारामा तस्वीर खिच्नुका साथै स्मार्ट फोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्राविधिक काम गर्न सकिनेछ । यसको प्रयोग तस्वीर पठाउन र समाजिक सञ्जालमा पनि उपयुक्त हुनेछ । यसमा रहेको वायर कमाण्ड र रेकर्डिङको सुविधाले यो उपकरणलाई नियन्त्रण गर्न सकिन्छ । यसमा स्काइप भिडियो च्याटका साथै मौसमसम्वन्धी जानकारी र नक्साको माध्यमबाट बाटो बताउने सुविधा पनि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *