युक्रेनको सरकारी भवन रसियालीद्वारा कब्जा

downloadएजेन्सी । युक्रेनको पूर्वी भागमा रहेको नगर लुगान्स्कमा मंगलबार रसिया समर्थक तीन हजार भन्दा बढी प्रदर्शनकारीले क्षेत्रीय प्रशासकीय भवन आफ्नो नियन्त्रणमा लिएको घटनास्थलमा रहेका एएफपीका पत्रकारले बताए । करिब २० युवाहरूको एक समूह फलामको रडले भवनहरूको झ्याल फोडी भित्र पसेको र उक्त भवनलाई प्रहरीले सुरक्षा नदिइएको बताइएको छ । त्यहाँ उनीहरूले युक्रेनको राष्ट्रिय झण्डा झिकेर रसियाली झण्डा फहराएको र बाँकी भीडलाई पनि भवनमा प्रवेश गराएको बताइएको छ । त्यहाँ करिब १०० दङ्गा प्रहरी भए पनि उनीहरूले आक्रमणकारीलाई कारवाही नगरेको बताइएको छ । रसियाको सीमा नजिकै पर्ने लुगान्स्कको जनसङ्ख्या चार लाख ६५ हजार रहेको छ र रसिया समथक लडाकूहरूले स्थानीय एसबीयुको भवनलाई तीन साता अगाडि आफ्नो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *