मेगा बैंकको नाफा २५ करोड भन्दा माथि

download काठमाडौं । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षकोभन्दा ९८ प्रतिशतले बढी हो । बैंकले गत वर्षको यसै अवधिमा १३ करोड १ लाख पैयाँ नाफा कमाएको थियो । बैंकले गत वर्षको चैतभन्दा यो चैतमा ११ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको छ । गत वर्ष ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा यो वर्ष यस्तो आम्दानी ६१ करोड रुपैयाँ पुगेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । बैंकको खराब कर्जामा भने झिनो वृद्धि भएको छ । गत वर्ष कूल कर्जाको १ दशमलब ८४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १ दशमलव ९९ प्रतिहत रहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ३३ करोड रुपैयाँ छ भने सञ्चित कोषमा ३८ करोड रुपैयाँ छ । पछिल्लो समयमा खुलेका बैंकहरुमध्ये मेगाले राम्रो प्रगति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *