एलजीको दुई मोडलका रेफ्रिजेरेटर नेपालमा

download (2)काठमाडौं । इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स कम्पनी एलजीको दुई मोडलका रेफ्रिजेरेटर नेपाली बजारमा भित्रिएका छन् । एलजीको १८५ लिटरको ‘जीएल १९५० एमजीई ४’ र १९० लिटरको ‘जीएल २०५ केजीई ४’ मोडल नेपाल भित्राएको हो । नेपालमा १८५ लिटरको रेफ्रिजेरेटरको मूल्य २६ हजार ४ सय ९० रुपैयाँ र १९० लिटरको रेफ्रिजेरेटरलाई २७ हजार ९९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरको माथिल्लो भागमा १० घण्टा र तल्लो भागमा ८ घण्टासम्म चिसो रहन्छ । जसले गर्दा खाना तथा तरकारी विहानेदेखि बेलुकासम्म लाइन नभएपनि ताजा नै रहने छ । यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी प्रदान गरिने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *