नेपाली मिडियामा विदेशी लगानी र नियती

संगम महत

आर्थिक पत्रकार

नेपालमा पत्रकारीतामा करिव १ सय २०  वर्षको इतिहास पार गर्र्दै गर्दा अहिले एउटा विषय चर्चामा छ । जसले नेपाली पत्रकारीतालाई मात्र हैन आम नागरिकलाई यस प्रति छुट्टै तरंङ्ग पैदा गरेको छ । सञ्चार जगतमा मात्रै हैन यस विषयले अहिले राजनैतिक वृतमा पनि राम्रो चर्चा पाएको छ । यसै विचमा विभिन्न जानकार र सञ्चार क्षेत्रमा लामो अनुभव भएका देखी भर्खर पत्रकारीतामा अभ्यास गर्दै गरेका व्यक्तिहरुको विचार पढ्ने अवसर जुट्यो । नेपाल सरकारले पुरानै नीतिलाई निरन्तरता दिँदै गर्दा कानुन तह ४९ प्रतिशत विदेशी लगानी देखिने गरिनै ल्याउन पाउने सहुलियत दिएको छ । यहि सहुलियतलाई हतियार बनाएर नेपाली सञ्चार माध्यममा विदेशी लागानी यो वा त्यो रुपमा नभित्रिएको हैन । देखीने गरि आउने ४९ प्रतिशत र नदेखीने गरी आउने शत प्रतिशतमा हामी अहिले पनि दौडिरहेका छौ । सरकार, नीजि र सामुदायिक रेडियो, टेलिभिजन र विभिन्न राष्ट्रय दैनिक र अन्य विषयगत पत्रपत्रीकाहरुको मुख्य आम्दानीको स्रोत के ? हो ? यसको उक्तर तपाई हामिले बुझेको सहज छ  । यसको मुख्य आम्दानीको स्रोत विज्ञापन वा प्रायोजित कार्यक्रम  । के अव कुनै विज्ञापन दाताले दिने विज्ञापन र उसले आफ्नो लगानीमा उत्पादन गरेको कार्यक्रम अरुको अनुकुल बनाउन चाहन्छ की ? चाहदैन ? मुख्य प्रश्न अहिले हामी सवैको साझा मुद्धा हो । नेपालमा व्यवसायिक पत्रकारीताको प्रयास भैरहेको समयमा यसको भविष्यलाई अझै सुन्दर बनाउन हामी सञ्चार क्षेत्रको लगानीलाई बढाव दिन र यसमा आउने विज्ञापन र कार्यक्रमलाई बढाव दिन जरुर देखिन्छ ।

969624_570364999653391_1992162988_n

भन्नुको मतलव अव सञ्चार क्षेत्रको वृति र विकासका लागी विदेशी लगानी जथाभावी चाहिन्छ र ल्याउ भन्न खोजेको हैन । केही लेखकका लेख पढ्दै गर्दा सञ्चार गृहको वढ्दो संख्यालाई पनि विदेशी लगानी आउनुको मुख्य कारक बनाईएको छ । हो एक हद सम्म सञ्चार गृहको संख्या बढ्नुपनि विदेशी लगानी बढि आउनुको मुख्य कारण हुन सक्छ । तर अव विदेशी लगानी नेपालमा ल्याउनु स्वभाविक जस्तै बनेको छ । अहिले विश्व वजारलाई बढ्दो विज्ञान र प्रविधीले सानो गाउँमा परिणत गरेको सन्दर्भमा सञ्चार गृहमा लगानी कस्को, किन र कस्ले भन्ने प्रश्नको उत्तर तर्फ लाग्नु भन्दा पनि । कस्लाई, के र किन भन्ने प्रश्नको उक्तर खोज्न जरुरी छ । अव लगानीका सम्वन्धमा भन्दा पनि दिईने सामाग्रीका सम्बन्धमा छलफल चलाउने वेला आएको छ । नेपाली सञ्चार गृह सञ्चालकहरुले पनि मोही माग्ने ढुँग्रो लुकाउने परिपाटीको अन्त्य गरी सवै विषयमा खुल्ला भएर बहसमा आउन सक्नु पर्दछ । अव नेपाली सञ्चारलाई पनि फरक ढंगको प्रयोगबाट अगाडी बढाउन जरुरत देखिन्छ । अहिले पनि नेपाली पत्रकारीतामा आफ्नो सुरक्षति भविष्य देख्ने पत्रकारको संख्या न्यून छ । हुन त पत्रकार आफै पनि अझै धेरै विषयमा आफुलाई परिमार्जित र परिष्कृत गर्दै विषय केन्द्रीत ज्ञानका लागी लाग्नुपर्ने आवश्यकता देखिन्छ । तथापी अझै पनि यसको क्षेत्रलाई संकुचित र परम्परागत शैलीमा अगाडी बढाउन खोजियो भने पत्रकारीतामा व्यवसायिकताको अभ्यास गर्ने र आफुलाई कुनै विषय केन्द्रीत गर्ने पत्रकार फेरी पत्रकारीतालाई दोस्रो पेशाका रुपमा अँगाल्छ भन्नेमा धेरैको सहमती होला । खुल्ला वजार अर्थ तन्त्रको अभ्यासमा अगाडी बढिरहेको नेपालमा नीतिगत प्रब्धानहरुलाई मजबुद बनाई अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रको लगानीलाई पनि खुल्ला र व्यवस्थित बनाउनु अहिलेको आवश्यकता हो । 

लेखक करिब ८ बर्ष देखी आर्थिक क्षेत्रमा पत्रकारीता गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *