चलचित्रमा लाखौको खेती गर्दै नम्रता

मनिष दाहाल,
काठमाडौं । नेपाली सिनेक्षेत्रमा प्रबेश गर्ने केहि पुराना नायिकाहरु यो क्षेत्रबाट हतोत्साहित भइरहेको अबस्थामा केहि नेपाली नायिकाहरु भने नेपाली चलचित्रहरुमा नै भ्याइ नभ्याइ हुन थालेका छन् । २०७१ सालले नेपाली चलचित्रलाई राम्रो फड्को मार्ने मौका दिएको छ । ७१ सालको सुरुवातमै “नाई नभन्नु ल २” ले उत्साहजनक व्यापार गरे सगै अर्को चलचित्र कबड्ढी,नोभेम्बर रेनले यति बेला चलचित्रहलहरुमा राम्रो कमाई गरिरहेको छ । चलचित्रलहरुले राम्रो व्यापार गरे नै नेपाली नायक वा नायिकाको रेट पनि माथि बढ्दै जाने गर्दछ ।

november-ren-4

पछिल्लो समय नेपाली चलचित्रका नायिकाहरुको रेट बढ्ने क्रम पनि उतिक्कै छ । पछिल्लो समय “नोभेम्बर रेन”की नायिका नम्रता श्रेष्ठको यति बेला चलचित्रमा निकै ठुलो माग बढ्दै गएको छ । चलचित्रमा निकै सुन्दर नायिकाको उपाधि समेत पाएकी नम्रता यति बेला चलचित्रकी एक निकै महंगी नायिकाको रुपमा पनि चिनिन्छिन् । अहिले नेपाली सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र “नोभेम्बर रेन”ले एक करोड भन्दा माथिको व्यापार गरे पछि नम्रताको रेट पनि आकाशिएको बताइएको छ । “नोभेम्बर रेन” पछिको चलचित्रमा उनले ५ लाख सम्म लिएकी बताइएको छ । यस अधि उनले एउटा चलचित्र बाट ४ लाखको हारहारमिा पारिश्रमिक लिने गरेकी थिइन । चलचित्र “नोभेम्बर रेन”को अपार सफलता पछि नम्रताको रेट पनि उकासिएको चलचित्रकर्मीहरु बताउछन् ।  नम्रताको रिलिजको तयारीमा रहेको अर्को चलचित्र “ताण्डव”मा उनले ५ लाख लिएको बताइएको छ । दास्रो पटक आर्यन र नम्रता एक साथ चलचित्र “नोभेम्बर रेन”मा देखा परेका यि दुबै जाडिलाई यस अधि चलचित्र “मेरो एउटा साथि छ” मा उनीहरु दुबैलाई दर्शकले असाध्धै मन पराएका थिए । यसरी एक पछि अर्को चलचित्रबाट अफर आइरहेको अबस्थामा नम्रताको रेट अझै माथि हुने अन्दाज पनि धेरै लगाउछन् । पछिल्लो समय केहि चलचित्रमा व्यस्त नायिका नम्रताले “पर्पर डेइज” चलचित्रमा चुनौती पुर्ण एक्टिङ गर्दैछिन् । आउदा बर्ष अथवा २०७२ सालमा उनी द्धारा निर्देशन हुने चलचित्र पनि दर्शकले देख्न पाउने बताइएको छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *