विदेशी मुद्रा अपचलनको अभियोगमा सापकोटा पक्राउ

imagesकाठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशी विनिमय तथा भ्रष्टाचार मुद्दामा अर्का आरोपी बलराम सापकोटालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरिक्षक सुरेशविक्रम शाहका अनुसार सापकोटालाई काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको हो । सापकोटाले कोइली इम्पोरियमको नाममा हङकङ, सिङ्गापुर, संयुक्त अरब इमिरेट्सबाट विभिन्न कम्प्युटरका पाटपूर्जा आयातको नाममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाका कर्मचारीसँगको मिलेमतोमा प्रतितपत्र खोली ती सामान आयात नै नगरी भ्रष्टाचार गरेको देखिएको छ । सापकोटालाई यसअघि नै विशेष अदालतले बिगो बमोजिम रु १८ लाख ७४ हजार जरिवाना हुने ठहर गरेपनि उनी फरार रहेका थिए । यस्तै, प्रतितपत्र देखाएर सिटी बैंक न्युयोर्कबाट ती मुलुकमा भुक्तानी हुनेगरी रु ३० करोड ८१ लाख १९ हजार १५० बराबरको विदेशी मुद्रा अपचलन गरेको देखिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । सापकोटालाई भ्रष्टाचार, विदेशी मुद्रा अपचलन र सरकारी छाप कीर्तेमा मुद्दा चलाइने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *