विश्व बैंकद्वारा १० अर्ब ४२ करोड वित्तीय सहयोगको घोषणा

download (1)काठमाडौँ । विश्व बैंक समूहले काबेली–ए जलविद्युत् परियोजनाका लागि वित्तीय सहयोग गर्नेे घोषणा गरेको छ । उक्त परियोजना निर्माणका निम्ति आवश्यक पर्ने करिब रु १० अर्ब ४२ करोड ५६ स्वीकृत गरेको छ । उक्त समूहले कुल लागतको उक्त रकममध्ये अन्तर्राष्ट्रिय विकास सङ्गठनबाट रु तीन अर्ब ८४ करोड ऋण तथा रु ५७ करोड ६० लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय वित्तीय निगमबाट रु एक अर्ब ८५ करोड २८ लाख र त्यति नै पुँजी क्यानडा जलवायु परिवर्तन कार्यक्रमबाट ऋणस्वरुप जुटाइने उक्त बैंकले जनाएको छ । नदीको जल प्रवाह प्रणालीमा आधारित पाँचथर जिल्लामा निर्माण हुने उक्त परियोजनाको जडित क्षमता ३७.६ मेगावाट रहेको छ । परियोजना निर्माणपछि उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा बेग्लै काबेली कोरिडर प्रसारण लाइनबाट प्रवाह गरिनेछ । विश्व बैंकको वित्तीय सहयोगमा उक्त कोरिडोर निर्माण भइरहेको छ । निर्माण, स्वामित्व, सञ्चालन एवम् हस्तान्तर (बुट) प्रणालीबाट बनाइने उक्त आयोजनामा काबेली ऊर्जा लिमिटेडले रु दुई अर्ब २० करोड ८० लाख लगानी गर्नेछ । परियोजनाका लागि वित्तीय व्यवस्थाको  टुङ्गो लागेपछि यहाँस्थित विश्व बैंकका राष्ट्रिय निर्देशक जोहानेस जाटले दिगो ऊर्जा आपूर्ति आधुनिक अर्थतन्त्रको निम्ति अपरिहार्य पूर्वाधार भएको उल्लेख गर्दै नेपालको जलस्रोतको उपयोगमा सार्वजनिक–निजी साझेदारीको नमुनाका रुपमा परियोजना अघि बढ्ने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *