रिले अनसन निरन्तर रुपमा

NTB-Buildingकाठमाडौं । नेपाल पर्यटन बोर्डविरुद्ध दुई सातादेखि निरन्तर आन्दोलन गर्दै आएका पर्यटन व्यवसायीहरुले माग पुरा गराउन बोर्ड परिसरमा रिले अनसन शुरु गरेका छन् । बोर्डभित्र ठूलो भ्रष्टाचार भएको र त्यसको छानबिन गरिनुपर्ने माग गर्दैै आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरुले विहीबार देखि रिले अनशन थालेका हुन् । बोर्ड विरुद्ध परेको उजुरी छानविन गर्न पर्यटन मन्त्रालयले सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेपनि त्यसमा आफुहरुको प्रतिनिधित्व नगराइएको भन्दै व्यवसायीहरुले थप आन्दोलन चर्काउँदै आएका छन् । एक सातासम्म रिले अनसन गर्ने र त्यसबीचमा पनि मागको सम्बोधन नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने व्यवसायीहरुको चेतावनी छ । यता, सर्वोच्च अदालतले बोर्डका प्रमुख कार्यकारीलाई काम सुचारु गर्न दिन आदेश दिइसकेको छ । व्यवसायीहरुको आन्दोलनले पर्यटकहरु भने प्रभावित बन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *