राजेश हमालको विवाह आज,मिडियालाई विवाहको दृश्य कैद गर्न बन्देज

140514_083422rajesh-hamal-and-madhu-bhattri-28काठमाडौं । नेपाली चलचित्रको आकाशमा ३ दशक देखी निरन्तर लागी परेका नेपाली सिनेनगरीका महानायक राजेश हमालले आफनो विवाह शनिवार अर्थात आजको दिन दुलाहा बन्ने भएका छन् ।   ७ बर्ष अगी देखीको प्रेम सम्बन्धलाई आज राजेश हमालले दुलही बनाउने भएका हुन् ।  नेपाली सिनेनगरीका महानायक राजेश हमालले केहि दिन अगाडी मात्र प्रेमिका मधुलाई विवाहको प्रस्ताब राखेका थिए ।  चलचित्रमा धेरै पटक दुलहा बनेका राजेश हमाल आज बास्तविक जिवनमा नै दुलाहा राजा बन्ने भउका छन् । २०७० सालको फागुन महिनामा मधु भट्टराई सगँ विवाह बन्धनमा बाधिने बताइए पनि अहिले सम्म हुन सकेको थिएन् । सानै देखी हमालको फ्यान रहेकी मधु हमाललाई मधुले नै प्रेम प्रस्ताब राखेको बताइएको छ । नेपाली सिनेक्षेत्रमा १०० भन्दा बढि चलचित्रमा मुख्य भुमिका निभाइ सकेका राजेश हमाल उमेरले ५० भन्दा माथि भइसकेका छन् । करिब ९ बर्ष अगाडी होटल हयातमा आयोजना भएको एक कार्यक्रममा मधु सगँ हमालको भेट भएको थियो । नायक हमालका सहयोगी रोशन हमालका अनुसार हमालको वैवाहिक समारोह निजी समारोहका रुपमा सम्पन्न हुनेछ। मधुको इच्छाअनुसार वैवाहिक समारोह निजी रुपमा सम्पन्न हुन लागेको हो। विवाहका लागी मधु राजी भएपछि आज दुवै जना वैवाहिक जिवनमा बाधिने भएका हुन् । मधुको आग्रहमा मिडियाका कुनै पनि व्यक्तिलाई विवाह मण्डप भित्र जान नपाइने र कुनै पनि विवाहको दृश्य कैद गर्न नजाइने व्यवस्था गरिएको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *