‘आत्मीयता को विमोचन’ (फोटोफिचर सहित)

काठमाडौं, गीतकार माधव निर्दोषका रचना र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा आधुनिक गीत गजल संग्रह आत्मियता बजारमा आएको छ । बरिष्ठ गीतकार एवं पूर्व अर्थमन्त्री संकरप्रसाद कोइरालाले शनिबार एक समारोहका बीच उक्त एल्वमको विमोचन गरे । कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले समाजका विभिन्न तह र तप्काका मानिस सबैले संगीत मन पराउने भएकाले सांगीतिक श्रेत्रमा हरेकको सहभागिता महत्वपूर्ण रहने बताए । उनले गीत संगीतमा जीवन्त हुन जरुरी रहेको उल्लेख गर्दै गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा मानिसलाई आकर्षण गर्न सक्ने क्षमता रहेको पनि बताए । एल्वम आत्मीयता मा रामकृष्ण ढकाल, नरेन्द्र प्यासी, अन्जना गुरुङ, जगदीश समाल र विन्दु परियारको स्वर रहेको छ । कार्यक्रममा गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठले साँगीतिक मन्तव्य राखेका थिए भने कलाकार कुन्ति मोक्तान कोमल ओली लगायतले गीत प्रस्तुत गरेका थिए । क्यापीटल इभेन्टद्धारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा गायीकाद्धय कुन्ति मोक्तान र कोमल ओली, समाजसेवी डा. लक्ष्मी प्रसाद राई, समाजसेवी सोमनाथ अर्याल, सहकारी विज्ञ दक्ष पौडेल, पर्यटन व्यबसायी खुमबहादुर सुवेदी, पत्रकार फूलमान बल, समाजसेवी दिनानाथ न्यौपाने,  कृषि विकासमा लाग्नुहुने धर्मराज श्रेष्ठ र जलनकुमार शर्मा, महिला उद्यमी कल्पना योङहाङ लिम्बु कलाकार नरेन्द्र बहादुर श्रेष्ठ, सन्तोष घिमिरे, टंक साउँद र जगत लामा रहेका छन् ।  कार्यक्रम चलचित्र पत्रकार संघका अध्यक्ष शानितप्रियको अध्यक्षतामा सम्पन्न भएको थियो ।

IMG_0120

 

IMG_0066

IMG_0071

IMG_0108

 

IMG_0118

IMG_0145

IMG_0212

IMG_0278

IMG_0053

IMG_0048

IMG_0040

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *