ब्युटिपार्लरलाई प्रतिष्ठित ब्यवसाय बनाउनुपर्नेमा पाण्डेको जोड

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले ब्युटिपार्लरलाई प्रतिष्ठित व्यवसायका रुपमा अगीबढाउनुपर्नेमा जोड दिनुभएको छ ।  ब्युटिपार्लर व्यवसायमा नेपालीहरुको आकर्षण बढ्दै गएकाले ब्युटिपार्लर व्यवसायलाई राम्रो उद्योगका रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । ‘पछिल्लो समय ब्युटिपार्लर व्यवसायले स्वरोजगार समेत प्रदान गरिरहेको हुदा अझ यस व्यवसायबाट रोजगारी प्रदान गर्नुपर्नेमा जोडदिनुभयो ।

Butiparlar-4

समाजमा सम्मानित, मर्यादित र प्रतिष्ठित व्यवसायका रुपमा ब्युटिपार्लर व्यवसायलाई स्थापित गर्नका लागि महासंघले सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपालीहरुले स्वदेशमा मात्र नभई विदेशमा समेत ब्युटिपार्लर व्यवसायमा राम्रो प्रगति गर्न सफल भएको पाण्डेले उदारण दिनुभयो । आइतबार सायम इन्स्टीच्युट अफ हेयर डिजाइन एन्ड ब्युटी केयरले ४२औं ब्याचका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले मर्यादित भएर मेहनतका साथ काम गर्न विद्यार्थीहरुलाई समेत आग्रह गर्नुभयो । नेपालमा पार्लर सिकेर विदेशमा गई प्रगती गरेर देखाउनु राष्ट्रका लागि राम्रो भएको उल्लेख गर्दै पाण्डेले यस व्यवसायलाई व्यवस्थित गराउन सरकारले पनि उचित कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विद्यार्थीहरुलाई विदेशमा गएर पार्लर व्यवसायमार्फत नेपालीहरुको सान फराकिलो बनाउन आग्रह गर्दै कडा मेहनत र लगनशिल बन्न पनि सुझाव दिनुभयो । कार्यक्रममा ब्युटिसियन कमला श्रेष्ठले ब्युृटिपार्लर ब्यवसाय आयआर्जनको सशक्त माध्यम बन्न सफल भएको दाबी गर्नुभयो । स्वदेशमा मात्र नभई विदेशमा समेत आफ्ना विद्यार्थीहरुले राम्रो प्रगति गरेको सुनाउँदै उहाँले मेहनतका साथ अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । ‘पछिल्लो समय ब्युटिपार्लर व्यवसायलाई मर्यादित र सम्मानित व्यवसायका रुपमा हेरिन थालिएको भन्दै श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । ब्युटिपार्लर व्यवसायीहरुले राज्यलाई कर तिरेपछि राज्यले ब्युटिपार्लर व्यवसायको विकासका लागि उचित कदम चाल्नुपर्ने बताउनुभयो । माध्यमिक स्तरसम्म ब्युटिपार्लर शिक्षालाई ऐच्छिक विषयका रुपमा समावेश गरिनुपर्ने, ऐन तथा कानुन बनाउनुपर्ने लगायतका मागहरु सरकार समक्ष राख्नुभएको थियो । सो अवसरमा ४२औं ब्याचका ९० जना विद्यार्थीहरुलाई महासंघका अध्यक्ष पाण्डेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *