कलाकारीतामा नबिनको सुनौलो यात्रा

10374203_580051468779925_1569547116_nकाठमाडौ । केही समय संघर्ष गर्ने टेलिसीरीयल ,म्यूजिक भिडियो सहित चलचित्र अभिनय मा पनि देखिने र असफलता प्राप्त गरेपछि लाइनै छोडेर भाग्ने कलाक्षेत्रमा धेरै छन् । तर कोही सफलता असफलता मतलभ नगरी यसे क्षेत्रमा लगातार लागी रहन्छन् । ति मध्यका एक हुन् नबिन तिमिल्सेना । नेपाल टेलेभिजनबाट प्रसारण हुने टेलिसिरीयल सुनौलो ससारबाट अभीनय सुरुवात गरेका नबिन यलीबेला चलचीत्र सुनपानीको प्रदर्शनको चटारोमा छन् । जातिय भेदभाबको कथामा तयार भएको यो चलचित्रलाई निर्देशक सविन बास्तोला र लक्ष्मण लम्सालले लेखेका छन् । विमलराज क्षेत्रीको संगीत रहेको चलचित्र सामाजिक जनजागरणका लागि तयार परिएको हो । नबिनले नेपाल टेलिभिजनबाट प्रसारण हुने बिभिन्न टेलिसिरियल लगायत केही म्युजिक भिडीयो अभिनय गरेका छन् । २३ बर्षीय नबिन सानै देखीको अभिनयमा जम्ने सपना आफुमा रहेको बताउछन् । भन्छन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । पर्दामा देखिने र सबैले चिन्ने हुने रहर थियो ।’ त्यहि रहरले अहिले याहासम्म आइपुगे । पोखरामा जन्मिका नबीनको ठुलोपर्दाका चलचित्रमा छाउने रहर मनभरी छ । कलाकारीतामा जम्न नृत्य जानेकै हुनुपर्छ जस्तो उनलाई लाग्छ । त्यसैले चलचित्र अभिनयका र नृत्यका लागी चाहिने प्रशिक्षण लिएको छु नबीन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *