बाबुकाजी महर्जनले जारी गरेको कथित बिज्ञप्ति व्यक्तिगत चरित्र हत्या गर्ने दुष्प्रयास

जंगबहादुर श्रेष्ठ,अध्यक्ष
साना तथा मझौला व्यवसायी महासंघ नेपाल
 साना तथा मझौला व्यबसायी महासंघ नेपालको तर्फबाट कार्यबाहक अध्यक्ष भनी सही गरिएको तर मिति समेत नभएको बाबुकाजी महर्जनले जारी गर्नुभएको कथित बिज्ञप्तिमा महासंघका वर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठ माथि बदनियतपूर्ण तरिकाले लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने तथा बदनाम गर्ने दुष्प्रयास गरेको पाइएकोले त्यसको घोर भत्र्सना तथा निन्दा गर्दै बिधान सम्मत बुँदागत सत्य तथ्य यहाँ प्रस्तुत गरिएको छ । 
१.    महासंघका अध्यक्षबाट वैशाख १२ गते केन्द्रीय कार्यालय बिजुली बजार नयाँ बानेश्वरमा बोलाइएको केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नभ्याउने भनी राजधानी बाहिरका केही पदाधिकारी तथा सदस्यज्यूहरुले  विशेष आग्रह गरेका कारण वैठक केही दिनलाई सार्ने निर्देशन  महासचिव दीपकप्रसाद आचार्यलाई दिइएको थियो । तर विधान एंव अध्यक्षको निर्देशन बिपरित वैशाख १२ गते नै महासंघको केन्द्रीय कार्यालय रहेको ठाउँ बिजुली बजार नयाँ बानेश्वर भन्दा बाहिर रिङ्ग रोडको चप्पल कारखाना छेउको क्वालिटी क्याफेमा आफु खुशी बैठक बसेको र उक्त बैठकमा जम्मा १४ जना मात्र उपस्थित भएको कुरा सोही वैठकमा उपस्थित हाम्रा साथीहरुले अध्यक्षलाई लिखित जानकारी दिनुभएको छ । उपस्थितिमा सही गर्ने केही उल्लेखनीय पदाधिकारी एवं सदस्यज्यूहरुले त्यस्तो गणपुरक संख्या नपुगेको बैठकको कथित निर्णय प्रति असहमती जनाई अध्यक्ष जंगबहादुर श्रेष्ठलाई लिखित जानकारी दिनु भएको छ । उहाँहरुको पत्र सुरक्षित छ । 
२.    महासंघमा पदाधिकारी लगायत केन्द्रीय सदस्यहरु जम्मा ५३ जना हुनुहुन्छ । गणपुरक संख्या नपुगेको उक्त कथित बैठक स्वतः अबैधानिक भएको स्पष्ट हुन्छ । महासचिबले केन्द्रीय कार्यालयमा रहनुपर्ने संस्थाको माइनुट बुक तथा अन्य लेटर प्याड,छाप आदी झोलामा बोकी अनधिकृत तवरले बाहिर लगेर  संस्थाको गरिमा माथि नै खेलबाड गर्नु भएकोले महासचिव दीपकप्रसाद आचार्यको गैरजिम्मेवारपूर्ण कार्य सर्वथा निन्दनीय छ । 
३.    गणपुरक संख्या नपुगेको कथित बैठकको निर्णय भनी अध्यक्ष जंगबहादुर श्रेष्ठलाई निलम्बन गरिएको भनिएको पनि स्वतः हास्यास्पद छ । काठमाडौं जि.प्र.का.मा दर्ता भएको महासंघको बिधानमा अध्यक्ष वा अन्य कुनै पदाधिकारी वा सदस्यलाई केन्द्रीय समितिले निलम्बन गर्ने कुनै प्रावधान नै छैन । कुनै पदाधिकारीले संस्थाको हित बिपरित कार्य गरेको पुष्ठी भएमा साधारण सभाबाट अविश्वासको प्रस्ताब पारित गरेर मात्र हटाउन सकिन्छ । 
४.    महासंघको पहलमा अमेरिकामा भएको एसएमई एक्सपो सम्बन्धमा केन्द्रीय समितिको निर्णय अनुसार महासंघका उपाध्यक्ष एम सापकोटाको संयोजकत्वमा ३ सदस्यीय एक्सपो व्यबस्थापन समिति गठन गरिएको थियो । कोषाध्यक्ष तिलु घले सहसंयोजक तथा अमेरिका नेपाल साना तथा मझौला इन्कका कार्यकारी अधिकृत बलबहादुर नेपाली सहितको उपसमितिलाई एक्पोको आयव्यय लगायत सम्पूर्ण कार्यको जिम्मेवारी दिइएकोमा संयोजक 

तथा केन्द्रीय पदाधिकारीहरु अमेरिका जान नमाने पछि बाध्यताबस अन्तिम अबस्थामा अध्यक्षले जिम्मेवारी लिनु परेकोले एक्पो सम्पन्न भए तापनि आशा अनुरुप सफल हुन नसकेको हो । भिसा पाएर पनि कोषाध्यक्ष तिलु घले अमेरिका जानु भएन । भिसा भएका बरिष्ठ उपाध्यक्ष हरि पराजुली, महासचिव दीपक आचार्य आदि जिम्मेवार व्यक्तिहरु अमेरिका नगएका कारण एक्स्पो प्रभावित भयो । त्यस्तै संस्थाको बंगलादेश बैंकमा रहेको खाताबाट अनियमित तरिकाले कारोबार गरेको कुरा बैंक स्टेटमेण्टबाट स्पष्ट हुन्छ । कोषाध्यक्षले गरिमामय पदको दुरुपयोग गरेका प्रमाण पाइएकाले निजको गैरजिम्मेवार कार्यबाट महासंघ दुखित भएको   छ । 
५.    .सहअध्यक्ष बाबुकाजी महर्जनले महासंघको गरिमालाई बेवास्ता गर्दै महासंघका अध्यक्ष माथि नै मानमर्दन हुनेगरी बिधान बिपरित कथित निलम्बनको घोषणा गर्नु हास्यास्पद र गैरजिम्मेवार कार्य हो । सहअध्यक्ष पदको मर्यादा राख्न नसक्ने बिधानलाई लत्याएर आफु खुशी अध्यक्षलाई निलम्बनको घोषणा गर्ने अधिकार निजलाई कस्ले कुन बिधानले दियो ? निज सहअध्यक्ष माथि मानहानीको कानुनी कारबाही किन नगर्ने ? भन्ने गम्भीर प्रश्न सिर्जना भएको छ । 
६.    महाधिवेसन गर्ने संयोजकको जिम्मेवारी पाएका सहअध्यक्ष बाबुकाजी महर्जनले महाधिबेसनको तयारीमा देखाएको असक्षमता र अयोग्यतालाई ढाकछोप गर्न अध्यक्षको गरिमा माथि नै हमला गर्नु निजको बौलठ्ठीपन हो । बहुमत केन्द्रीय पदाधिकारी तथा सदस्यज्यहरुलाइ बेवास्था गर्दै लत्याएर जेठ ३१ गते महाधिबेसनको घोषणा गर्नु हास्यास्पद मात्र होइन महासंघको बिधानमाथि नै खेलबाड पनि हो । यस्ता असक्षम अयोग्य सहअध्यक्षले महासंघकोे मर्यादा बिपरित कार्य गरेकोमा निजलाई बिधानसम्मत अविश्वास प्रस्ताव राख्ने तयारी बहुसंख्यक सदस्यज्युहरुबाट भइरहेको पनि उललेखनीय छ । 
७.    महासंघको बैंक खाताहरु संचालनमा निज महासचिव दीपकप्रसाद आचार्यले अध्यक्षलाई समेत वेवास्ता गरी बैंक खाता संचालन गरेकोमा आर्थिक विचलनको गम्भीर आशंका नेपाल वंगलादेश बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्टेटमेन्टबाट स्पष्ट हुन्छ । 
८.    महासंघको प्रशासनिक एंव आर्थिक क्रियाकलापमा महासचिव दीपकप्रसाद आचार्यले अध्यक्षको महत्वपूर्ण निर्देशनहरु वेवास्ता गरी महासंघलाई हानिनोक्सानी पु¥याएको स्पष्ट हुन्छ । अमेरिकाको दुतावासबाट भिसाका लागि आवेदन दिनेहरुको विवरण रकम उल्लेख नभएकोले हालसम्मको कति रकम आएको र आउन बाँकी र खर्चको यथार्थ विवरण लिई बैठकमा पेश गर्ने मिति २०६९÷८÷१५ को निर्देशन हालसम्म पनि पालना नगरेकोले निजको महासंघलाई असफल बनाउन प्रत्यक्ष भूमिका रहेको स्पष्ट हुन्छ । निज महासचिवले महासंघमा गुटफुटको घृणित चाल खेलेको हुँदा निजको निन्दनीय   छ । 
    उपर्युक्त सन्दर्भमा महासंघको केन्द्रीय कार्यकारिणी समितिको मिति २०७१÷२÷११ गते सम्पन्न बैठकले महासंघलाई विधानसम्मत ढंगले अघि बढाई महासंघको उद्देश्य पूर्तिका दिशाका कटिबद्ध गराउन र महासंघको एकतालाई अक्षुण्ण राख्नसमेत देहायको विषयमा मूलभुत रुपमा देहाय बमोजिम निर्णय गरेको व्यहोरा अवगत गराउन चाहन्छौं ।

10419894_1437290046525292_292362542_n

(क)    विधान र महासंघको हित विपरित कार्य गरेकोमा सहअध्यक्ष र महासचिवबाट सात दिनको म्याद दिई लिखित स्पष्टीकरण माग गर्ने र सन्तोषजनक स्पष्टीकरण प्राप्त नभएसम्म निज महासचिवले गर्नुपर्ने पदीय जिम्मेवारी सचिव सुमन सुवाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिने ।

(ख)    नेपाल यूएसए एसएमई एक्स्पो २०१३ का सम्बन्धमा अध्यक्षले पेश गर्नु भएको प्रतिवेदनलाई पारित गर्ने ।
(ग)    महासंघका तर्फबाट भनी राजधानी दैनिकमा मिति २०७१÷१÷७ गते प्रकाशित सूचना अवैध भई शून्यप्रभावी भएकोले सो सम्बन्धमा उत्पन्न भ्रम निवारणका लागि राष्ट्रिय स्तरको दैनिक पत्रिका सो सुचना सम्बन्धमा आजको बैठकबाट पारित भए बमोजिम अवैध घोषित गरी महाधिवेशन आयोजनासम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गर्ने ।
(घ)    रामकेशर विष्टको संयोजकत्वमा गठित छानवीन समितिले तोकिएको समय अवधिभित्र विधिवत प्रतिवेदन पेश गर्न असमर्थ रही कार्यभार पूरा गर्न नसकी सो समिति औचित्यहीन सिद्ध भएकोले सो छानवीन समिति भङ्ग गर्ने ।
(ङ)    महासंघको केन्द्रीय कार्यालयभन्दा बाहिर केही मानिसको भेला गरी त्यसलाई केन्द्रीय कार्य समितिको वैठकको नाममा सहअध्यक्ष र महासचिवसमेतको संलग्नताका कथित निर्णयसमेतका कामकारवाही भएको कुरा खुल्न आएकोले विधानको अक्षर र भावना तथा महासंघको हित विपरित भए गरेका उपर्युक्त अवैध निर्णय लगायतका सम्पूर्ण कारवाहीलाई अमान्य र अनियमित ठहर गर्ने । 
(च)    यस अघि गठित महाधिवेशन आयोजक समितिले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न असमर्थ भएकोले सो समिति र सो समिति अन्तर्गतका उपसमितिहरुसमेत विघटन गरी श्री मोहन कटुवालको संयोजकत्वमा चौंथो महाधिवेशन तयारी समिति गठन गर्ने र सो समितिले विधान बमोजिम आवश्यक प्रक्रिया गरी गराई २०७१ साल भाद्र २७ र २८ गते महाधिवेशन सम्पन्न गर्ने । साथै जिल्ला अधिवेशन २०७१ साल श्रावण महिनाभित्र सम्पन्न गर्ने ।
(छ)    महासंघको नेपाल वंगलादेश बैंकमा रहेको रकम महासचिव र कोषाध्यक्षले विधान विपरित अपचलन गरेको हुनाले हाललाई सो खाताको रकम झिक्न नपाउने गरी रोक्का गर्ने । मितिः २०७१ जेठ १२ गते सोमबार

 

 


   

Leave a Reply

Your email address will not be published. Required fields are marked *