खोलामा विवाद भएपछि मजदुरलाई समस्यामा

102_1562सुर्खेत । यहाँको जर्वुटा–२ र साटाखानी–४ को बीचमा पर्ने झुप्राखोला विषयमा गत फागुन महिनादेखि विवाद भएपछि त्यहाँका मजदुरहरू समस्यामा परेका छन् । विवाद सुरु भएको तीन महिना बितिसक्दा पनि समाधान हुन नसकेपछि खोलामा मजदुरी गर्ने उनीहरूले भोक टार्न समस्या हुन थालेको गुनासो गरेका छन् । मजदुर समिति झुप्रा खोलाका अध्यक्ष उदयबहादुर बस्नेतले विवादका कारण आफूहरूले खोलामा काम गर्न नपाएको तीन÷तीन महिना भइसक्दा पनि समस्या समाधान नहुँदा दैनिकी चलाउनै समस्या हुन थालेको बताउनुभयो ।   त्यहाँका मजदुरले गिट्टी, बालुवा निकाल्ने स्थान नजिकै कुलो रहेकाले कुलो बिग्रिएको भन्दै खोलामा काम गर्न बन्द गरिएको छ । झुप्रा खोलाकै भरमा जीवन गुजारेका त्यहाँका स्थानीयलाई खोला प्रवेशमा रोक लगाइएपछि समस्या भएको हो ।  कुलो पक्षका स्थानीयले कुला बिग्रिएको भन्दै खोलामा गिट्टी बावुला निकाल्न बन्द गरिदिएपछि सुरु भएको विवाद जिल्ला विकास समिति सुर्खेतले पहल गर्दा पनि टुङ्गिएको छैन ।  गत चैत ६ गते जिल्ला प्रशासन कार्यालयलाई जिल्ला विकासले राय पेस गरेको भएपनि अहिलेसम्म भएका सहमति तथा जिल्ला विकास समितिले पठाएको रायलाई कार्यान्वयन गर्न कुनै पहल हुन सकेको छैन । जिल्ला विकास समितिले मजदुरहरूले विगतदेखि नै झुप्रा खोलामा बालुवा सङ्कलन गरी जीविकोपार्जन गरिरहेको अवस्थामा अर्काे विकल्प नदिइ एक्कासी बालुवा सङ्कलन बन्द गर्ने कार्य व्यावहारिक नभएको, वर्षायाम अगाडि जिल्ला विकास समितिले तोकेको स्थानमा बालुवा सङ्कलन गर्दा कुलोलाई असर नपर्ने राय व्यक्त गरेको थियो । जिल्ला विकास समितिले पेस गरेको राय र विभिन्न चरणमा भएका सम्झौता र निर्णय कार्यान्वयन नभएपछि मजदुरहरूले निर्णय कार्यान्वयनका लागि पुनः जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्ला विकास समितिले पेस गरेको राय कार्यान्वयन नभएकाले समस्या थपिँदै गएकाले कार्यान्वयनको माग गर्दै मजदुरले निवेदन दिएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *