विवाह पछि हमाललाई ‘हँसिया’को लक

मनिष दाहाल,
32-1024x683नेपाली सिनेनगरीमा झण्डै ३ दशक देखी चलचित्र यात्रामा २०० भन्दा बढि चलचित्रमा मुख्य भुमिका निर्वाह गरिसकेका नायक हुन राजेश हमाल । जो बच्चा देखी वृद्ध, वृद्धाले पनि सजिलै चिन्न सक्ने नाम । उमेरले झण्डै ५५ बर्ष पुगेका हमाल अझै पनि निकै तन्देरी देखिन्छन् । उनले यतिका बर्ष एक्लै जिन्दगी चलाए तर जिन्दगी एक्लै काट्न नसक्ने देखेपछि हमालले केहि दिन अगाडी मात्र १० बर्ष अगी देखीकी नायिका मधु भट्टराई सगँ विवाह बन्धनमा बाधिए । चलचित्रमा सयौ पटक दुलहा बनेमा हमाल बास्तविक जिवनमा दुलहा बन्दा निकै फरक हुने बताउका छन् । केहि महिना अगाडी काठमाडौंको पाँचतारे होटल शंकरमा हमालले प्रेमिका मधु सगँ विवाहको प्रस्ताब राखेका थिए र सोहि दिन स्वर्गीय आमाले छोडिदिनुभएको गरगहना मधुलाई लागाईदिएका थिए । र मधुले पनि हमालको विवाहको प्रस्ताबलाई स्विकार गरेकी थिइन् । यसरी विवाहको प्रस्ताब राखेको केहि दिन पछि मधुको आग्रह र हमालको सहमतिमा काठमाडौंको पाँचतारे होटल अन्नपुर्णमा हमालले मधुलाई आफनो रानी बनाएका छन् । मधु र हमालका केहि आफन्तको उपस्थितिमा हमाल र मधुको विवाह सम्पन्न भएको थियो । विवाह सकिए पछि सुहागत रातका लागी हमालले मधुलाई धुलिखेलको द्धावरिका रिसोर्टमा लगेका थिए । यसरी हमाल र मधुको १० बर्ष अगी देखीको प्रेम सम्बन्ध विवाह बन्धनमा बाधिएको हो । विवाह सम्पन्न भए लगतै प्रदर्शनमा आएका चलचित्र हसियाँले यति बेला निकै राम्रो व्यापार गरिरहेको छ । विवाह गरे पछि चलचित्रमा राम्रो लक लागेको हमालले बताउदै आएका छन् । यति बेला चलचित्रले ६० लाख भन्दा माथिको व्यापार गरिसकेको बताइएको छ । चलचित्रमा राजेश हमाल,हेमा श्रेष्ठ,नायक अनुपविक्रम शाहीको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रमा हेमा र राजेश हमालको अभिनयलाई दर्शकले निकै मनपराएका छन् । हँसिया चलचित्र पछि हमालकोे पछिल्लो चलचित्र मुखौटा पनि जेष्ठ ३० गते देखी देशभर प्रर्दशनको तयारीमा लागेको छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *