किसान ठग्ने महाप्रबन्धक थुनामा

downloadपरासी । उखु तौलमा किसानलाई ठगी गरेको अभियोगमा लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक बाबुलाल अग्रवाललाई नवलपरासी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । ठगीको अभियोग लागेका उद्योग सञ्चालक मनिष अग्रवाल भने फरार रहेका छन् । ठगी गरेको अभियोगमा भएको थुन छेकका क्रममा जिल्ला न्यायाधीश गिरिराज गौतमको इजलासले महाप्रबन्धक अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले बताउनुभयो । नेपालका अनुसार किसानले ल्याएको उखुलाई तौल गर्दा चिनी उद्योगले ६ हजार ७३० क्विन्टल कम देखाएर ठगी गरेको भन्दै झन्डै रु ३२ लाख बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *