एच एण्ड बी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कब्जामा

logo(7)काठमाडौं । ‘गुड फर पेमेन्ट’ काण्डका कारण समस्यामा परेको एचएण्डबी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले एच एन्ड बी बैंकको व्यवस्थापन भंग गरेको छ । राष्ट्र बैंकले पठाएको व्यवस्थापन टोलीमा उपनिर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारीरहेका छन् । गुड फर पेमेन्ट काण्डपछि बैंक समस्यामा परेको र सुधार गर्नका लागि राष्ट्र बैंकले पटक(पटक दिएको निर्देशन पालना नगरेपछि हस्तक्षेप गरिएको राष्ट्र बैकले जनाएको छ । एच एण्ड बी बैंकको सञ्चालक समितिका अध्यक्ष श्रवणकुमार अग्रवाल हुन् भने प्रमुख कार्यकारी अधिकृत जसोदा सैँजू हुन् । बैंकले चालू आर्थिक वर्षको चैत महिनामा १६ करोड ३० लाख ६३ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको यसै अवधिमा बैंक एक करोड ५० लाख ४० हजार रुपैयाँ नाफामा थियो । तर, असार मसान्तमा भने बैंकको घाटा १९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको थियो । चालू आर्थिक वर्षको चैत मसान्तमा बैंकले ५ अर्ब ५२ करोड ६ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६० करोड ७६ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *