चालु आर्थिक वर्षमा तीन खर्ब ५४ अर्ब भन्दा माथिको राजस्व सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट समयमा नै सार्वजनिक भई नियामक निकायले प्रभावकारिता वृद्धि गर्दा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षमा तीन खर्ब ५४ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा वैशाख मसान्तसम्ममा दुई खर्ब ८० अर्ब चार करोड १९ लाख सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा १९.४५ प्रतिशतले वृद्धि भएको हो । सङ्कलित राजस्वमध्ये दुई खर्ब ४४ अर्ब ९५ करोड २४ लाख राजस्व कर र ३५ अर्ब आठ करोड ९५ लाख गैरकर राजस्व हो । गत आवको वैशाखमा रु २३ अर्ब ९८ करोड २३ लाख राजस्व सङ्कलन भएकामा चालु आवको सोही महिनामा २७ अर्ब ६२ करोड ९३ लाख सङ्कलन भई अघिल्लो आवको तुलनमा यो आवमा १५.२० प्रतिशतले बढेको अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *