रेखाले चडिन् तिन लाखको ‘हिम्मतवाली’मा उँट

1620960_597512536993015_1577419014_nकाठमाडौं । नेपाली सिनेनगरीमा दर्जनै चलचित्र दर्शकमाझ पस्किसकेकी नायिका रेखा थापाले प्रत्येक चलचित्रमा केहि फरक दिन खोजी रहेकी हुन्छिन र रेखा त्यसमा सफल पनि हुन्छिन् । उनले अभिनय गरेका प्राय चलचित्रले निकै राम्रो व्यापार गरिसकेका छन् भने आगामी चलचित्र पनि राम्रो हुनेमा रेखा निकै आशावादी पनि छिन् । पछिल्लो समय रेखा थापाले निर्देशन गरेको चलचित्र 'हिम्मतवाली' असोज महिनाको फुलपातीका दिन देखी देशभर प्रदर्शन हुने जमघट कसेको छ । फुलपातीका दिन देखी प्रदर्शन हुन लागेको चलचित्रको एउटा गित भने रिलिज भएको छ । सो गितले यति बेला दर्शकमाझ चर्चा कमाउदै गएको पनि छ । “काली तिम्रो नजरले गोली मार्यो ठिच्चाउ ठिच्चाउ” नामक गितले यति बेला चौतर्फी चर्चा कमाउदै गएको छ । रेखा थापाकोे 'हिम्मतवाली' चलचित्रलाई निकै आशा लाग्दो चलचित्रको रुपमा धेरैले हर्न थालेका छन् । रेखाले सो चलचित्रमा एउटा फरक धारले चलचित्र निर्देशन गरेकी छिन् । चलचित्र 'हिम्मतवाली'मा सगरमाथा समेत आरोहण गरिसकेका र दुवै हात नभएका नायक सुदर्शन गौतमलाई चलचित्रमा रेखाले आफनो प्रेमि को रुपमा देखाएकी छिन् । जो अहिले सम्म कुनै पनि चलचित्रमा सो खाल्का दृश्य देखाइएको छैन् । र अझ नेपालमै पहिलो पटक उँट माथि चडेर 'हिम्मतवाली'को छायंकन भएकाले पनि चलचित्रमा रेखाले विल्कुलै भिन्न तरिकाले चलचित्र निर्माण भएको बताइएको छ । रेखाले 'हिम्मतवाली'को उँटलाई ३ लाख सम्म तिरेको बताइन्छ । यसरी निकै चर्चाको विचमा असोज महिनाको फुलपातीका दिन प्रदर्शन हुन लागेको 'हिम्मतवाली' चलचित्र सगँ अहिले सम्म कुनै पनि चलचित्रहरुले प्रदर्शनको तयारी मिति तोकेका छैनन् । त्यसैले पनि चलचित्रले राम्रो व्यापार गर्नेमा 'हिम्मतवाली' युनिट निकै आशावादी पनि छ । हिम्मतवालीको प्राय सुटिङ्ग नेपालको सुदुरपश्चिममा खिचिएको छ । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा थापा आफैले नै गरेकी छिन् । चलचित्रमा संगित बसन्त सापकोटाको रहेको छ भने द्धन्द्ध चन्द्र पन्तको रहेको छ । 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *