यार्सा खोज्न गएका फर्किदै

download (2)बझाङ । लेकमा अत्याधिक मात्रामा हिँउ पर्न थालेपछि यार्सा संकलक गएकाहरु धमाधम घर फर्किन थालेका छन् । लेकमा तीन–चार फिट हिँउ परेर यार्सा नदेखिने भएपछि यार्सा संङकलकहरु घर फर्किन थालेका हुन् । ठुलो मात्रामा हिँउ पर्न थालेपछि यार्सा गत बर्ष भन्दा कम संङकलन हुने यार्सा संङकलकहरुले अनुमान गरेका छन् । लेकमा धेरै हिँउ परेपछि यार्सा पनि नदेखिएको र चिसो पनि अत्यधिक बढेका कारण घर फर्किएका यार्सा संङकलन गर्न गएका दौलिचौर गाविसका स्थानिय बासिन्दाले बताए । हिँउ पग्लेपछि पुन यार्सा संङकलन गर्न जाने स्थानिय बासिन्दाको भनाई छ । अत्याधिक हिँउले कतिपय बस्ने गरेका टेन्ट पनि पुरिएको छ । जिल्लाको दौलिचौर, सुर्मा, काँडा, सैनपसेला, लेकगाउँ, दाँतोला, सुनिकोट लगायतका बासिन्दाहरु स–साना बाल बच्चासहित यार्सा संङकलन गर्न बैशाखमा गएर असारमा घर फर्किने गर्दछन । जिल्ला वन कार्यालय बझाङले गाउँ–गाउँमा क्लव, महिला समुह गठन गरी यार्सा संङकलन गर्न जानेहरुबाट ५ सय राजश्व संकलन गर्ने गरेको छ । गत वर्ष यार्साबाट ४० लाख राजश्व संकलन भएको जिल्ला वन कार्यालय बझाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *