असिनाले लाखौँको बाली नष्ट

imagesजाजरकोट । बिहीबार राति परेको असिनाले किसानले लगाएको लाखौँको तरकारी र फलफूल नष्ट भएको छ । जिल्लाको उत्तर पूर्वी क्षेत्रका खगेनकोट, रग्दा, डाडागाउँ, हल्चौरलगायतका स्थानमा असिनाले लाखौँ क्षती पु¥याएको हो । खगेनकोट–७ का नरेन्द्र केसीले चारवटा टनेलसहित अन्दाजी दुई रोपनी जमिनको तरकारी पूर्ण रूपमा नष्ट भएको बताउनुभयो ।  राति ८ देखि १० बजेसम्म परेको असिनाले पूर्वी क्षेत्रका अधिकांश कृषकको तरकारी, मकै पूर्ण रूपमा क्षेती पु¥याएको शिक्षक नरेन्द्र खत्रीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *