किन लग्यो ‘हिम्मतवाली’ले मरुभुमीको उँट जंगल तिर ?

मनिष दाहाल,
काठमाडौं । नेपाली सिनेनगरीमा दर्जनौ चलचित्रबाट आफुलाई स्थापित गराउदै आएकी नायिका रेखा थापाले निर्देशन गरेको पछिल्लो चलचित्र 'हिम्मतवाली' यति बेला चतर्फी चर्चाको शिखरमा रहेको छ । केहि दिन अगाडी मात्र रिलिज भएको चलचित्र  'हिम्मतवाली'को गित 'काली तिम्रो नजरले' नामक गित यति बेला निकै चर्चाको शिखरमा रहेको छ ।

10384940_470183103127962_1017129450_n

प्रत्यक चलचित्रमा केहि भन्नै खाल्का विषय बस्तु दिन माहिर रेखाले पछिल्लो समय चलचित्र 'हिम्मतवाली'मा पनि विल्कुलै फरक धारले चलचित्रलाई निर्देशन गरेको 'हिम्मतवाली' युनिटले बताएको छ । असोज महिनाको फुलपातीका दिन देखी देशभरबाट प्रदर्शन हुन लागेको चलचित्र 'हिम्मतवाली'लाई यति बेला निकै आशा लाग्दो चलचित्रको रुपमा पनि हेरिन थालिएको छ । अहिले सम्म चलचित्र 'हिम्मतवाली' सगँ अरु कुनै पनि चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् त्यसकारण पनि चलचित्र 'हिम्मतवाली'ले निकै राम्रो व्यापार गर्नेमा 'हिम्मतवाली' युनिट निकै आशावादी छ । चलचित्रको सम्पुर्ण सुटिङ्ग सुदुरपश्चिममा खिचिएको छ । चलचित्र 'हिम्मतवाली'मा सुदुरपश्चिमका भेषभुषा झल्कने खाल्का दृश्य समावेश गरिएकोले पनि चलचित्रमा देखाइएका दृश्यहरु निकै मनमोहक रहेका छन् । चलचित्रमा देखाइएको एउटा फरक दृश्यले पनि चलचित्र अझ सुन्दर  देखिएको छ,त्यो हो नेपाली सिनेनगरीमा नै पहिलो पटक उँटको प्रयोग गरि चलचित्र निर्माण भएको छ । जुन उँट मरुभुमिका बस्ने गदर्छ । तर 'हिम्मवाली' युनिटले सो उँटलाई जंगलमा लगी सुटिङ्ग गराइएको थियो । बालुवामा बस्ने उँटलाई हिम्मतवाली युनीटले ट्रकमा हाली जंगलको सुटिङ्ग स्थलमा उँटलाई पुराइएको बताइएको छ । यसरी निकै खर्च गरेर खिचिएको सो दृश्यमा नायिका रेखा थापा र नायक सुदर्शन गौतमको दृश्य समावेश गरिएको छ । उँटलाई मात्र 'हिम्मतवाली' युनीटले ३ लाख भन्दा माथिको खर्च गरेको बताइएको छ ।  यसरी निकै संधर्ष गरेर बनेको चलचित्र 'हिम्मतवाली' दर्शकले निकै मनपराउनेमा रेखा र सुदर्शन निकै आशावादी पनि छन् । चलचित्रमा रेखाको प्रेमीको रुपमा नायक सुदर्शन गौतम देखिएका छन् । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा आफैले गरेकी छिन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *