२४.०५ अंकले घट्यो सेयर बजार, १७ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार २४.०५ अंकले घटेर ११९६.२४ अंकमा कायम भएको छ । सबै उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह १४८.७७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः २२.०१, २७.२९, ३६.१, ३७.१४, ७.७१, १५, ५.६७ र २६.२४ अंकले घटेका छन् ।

दिनभरिमा १५७ वटा कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता सेयर सात हजार ७४ पटक खरिदविक्री हुँदा ३१ करोड २३ लाख ९४ हजार तीन सय ७९ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक, नेपाल लइफ इन्स्योरेन्स, युनिलिभर नेपाल र नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनबि बैंक, चिलिमे हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक र सानिमा माई हाइड्रोको क्रमशः ९० लाख, ८७ लाख ६६ हजार, ८७ लाख १८ हजार, ८५ लाख ५४ हजार र ८५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

जम्मा १७ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । तिनाउ विकास बैंक, स्वदेशी लघुवित्त र नेपाल हाइड्रोका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । हाम्रो विकास बैंक, दिव्यश्वरी हाइड्रो, आईएमई जनरल इन्स्योरेन्स, श्रीराम सुगर मिल्स, खानीखोला हाइड्रो, सिन्धु विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, एनएमबि हाइब्रिड फण्डका सेयरधनीले ६.८४ प्रतिशत तथा कालिका माइक्रोक्रेडिट, एभरेष्ट इन्स्योरेन्स, जलविद्युत् लगानी तथा विकास कोष, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सिनर्जी पावर र ङादी ग्रुप पावरका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स, स्टान्डर्ड  चार्टर्ड बैंक लगायतका सेयरधनीले पनि गुमाएका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *