खाद्य संस्थानमै चामल अभाव

भोजपुरको खाद्य संस्थान कार्यालयमा चामलको अभाव भएको छ । दुई महीनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महीना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ ।

जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । टेण्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भइरहेको छ ।

खाद्य संस्थानमै चामलको मौज्जाद नभएपछि कुनै पनि समय जिल्लामा हुन सक्ने दैविक प्रकोपमा आपत्कालीन रुपमा खाद्यान्न वितरण गर्नुपर्ने खण्डमा भने समस्या हुनसक्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *