११ अंकले परिसूचक बढ्दा कारोबारमा गिरावट, कमाउने र गुमाउने कोको ?

कारोबार सुरु भएको दुई घन्टासम्म गिरावटको क्रममा रहेको सेयर बजार अन्ततः दोहोरो अंकले बढेर बन्द भएको छ । फाइनान्स र उत्पादनमूलकबाहेक सबै उपसूचक बढेपछि नेप्से परिसूचक ११.३७ अंकको वृद्धिसँगै १३६०.३८ अंकमा पुगेको छ ।

सबैभन्दा धेरै बीमा समूह १०७.०१ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, अन्य र लघुवित्त समूह क्रमशः २.७१, २३.४५, ८, २६.८३, १६.०८ र ४६.३६ अंकले बढेका छन् । फाइनान्स र उत्पादनमूलक भने क्रमशः २.९ र २०.११ अंकले घटेका छन् ।

बजार बढेपनि कारोबार रकम ओरालो लागेको छ । दिनभरिमा १५८ वटा कम्पनीको सात लाख ८५ हजार पाँच सय ४४ कित्ता सेयर पाँच हजार छ सय ४४ पटक खरिदविक्री हुँदा ३८ करोड छ लाख आठ हजार छ सय ५३ रुपैयाँको कारोबार भएको छ ।

स्वदेशी लघुवित्तको सबैभन्दा धेरै पौने तीन करोडको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, सानिमा माई हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, ग्रामीण विकास लघुवित्त र नविल बैंकको एक करोड तथा प्रिमियर इन्स्योरेन्सको ९२ लाखमाथिको सेयर कारोबार भएको छ ।

मितेरी डेभलपमेन्ट बैंक, स्वदेशी लघुवित्त र स्वरोजगार लघुवित्तका सेयरधनीले क्रमशः १०, ९.९७ र ६.२५ प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सका सेयरधनीले पाँच प्रतिशत तथा लक्ष्मी लघुवित्त, अपि पावर कम्पनी लगायतका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

यता, सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.९१ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, सिभिल लघुवित्त, नेपाल हाइड्रो, पूर्णिमा विकास बैंक, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, जानकी फाइनान्स माछापूछ्रे बैंक, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *