सेयर बजारमा सामान्य सुधार, तीन दिनमा डेढ अर्बको कारोबार

यो साता तीन दिन मात्रै सेयर कारोबार भयो । साताको सुरुवात गिरावटबाट भएपनि अन्तिम दुई दिन उकालो लाग्यो । गत साता १३५७.२२ अंकमा पुगेर बन्द भएको सेयर बजार यो साता १३६६.१५ अंकमा पुगेको छ । जसअनुसार, साताभरमा सेयर बजार ८.९३ अंकले बढेको छ । गत साता बजार ३१.३१ अंकले घटेको थियो ।

कारोबार रकम सुधारको गतिमा देखिएको छ । आइतबार ४० करोड र बुधबार ३८ करोडको कारोबार भएको बजारमा विहीबार ७६ करोडको कारोबार भएको छ । जसअनुसार, साताभरमा एक अर्ब ५५ करोड २५ लाख २९ हजार १४ रुपैयाँको कारोबार भएको छ । गत साता चार अर्ब ६८ करोड ९५ लाख ७१ हजार चार सय ८७ रुपैयाँको सेयर कारोबर भएको थियो ।

राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको धेरै कारोबार भएको छ । स्वदेशी लघुवित्त, सूर्योदय लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले कमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, सिन्धु विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *