१२.५१ अंकले घट्यो सेयर बजार, ३७ कम्पनीका सेयरधनीले कमाए

आइतबार सेयर बजार १२.५१ अंकले घटेर १३५३.६४ अंकमा कायम भएको छ । फाइनान्सबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ११.५५, ३१.०७, १३.४३, १९.८१, ६८.३२, ८.६६, ६.६१ र ७.५४ अंकले घटेका छन् । फाइनान्स समूह ०.०६ अंकले बढेको छ ।

दिनभरिमा १६० वटा कम्पनीको आठ लाख ४३ हजार चार सय १० कित्ता सेयर छ हजार छ सय ८२ पटक खरिदविक्री हुँदा ३६ करोड १६ लाख ९६ हजार सात सय ६३ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको दुई करोड तथा बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त र शिखर इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स र चिलिमे हाइड्रोको क्रमशः ९७ लाख, ९४ लाख, ९१ लाख, ८९ लाख र ८० लाख रुपैयाँको कारोबार भएको छ ।

जम्मा ३७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । एभरेष्ट बैंक (सीपी)का सेयरधनीले ७.७६ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, उन्नति माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समता माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, महुली सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले ६.२५ प्रतिशतका दरले गुमाएका छन् । किसान माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त, सहयोगी विकास बैंक, दिव्यश्वरी हाइड्रो, कालिका माइक्रोक्रेडिट, एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फण्ड, महिला सहयात्रा माइक्रोफाइनान्स, ललितपूर फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *