सेयर बजारमा गिरावट कायमै, ४२ करोडको कारोबार हुँदा २६ कम्पनीका सेयरधनीले कमाए

सोमबार सेयर बजार ८.२७ अंकले घटेर १३४५.३७ अंकमा कायम भएको छ । अन्यबाहेक सबै समूह घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त क्रमशः ५.१, ३९.९६, १४.४६, ६.३७, ४.१२, ८१.७१, १०.९४ र २१.९ अंकले घटेका छन् । अन्य समूह ०.३४ अंकले बढेको छ ।

दिनभरिमा १५९ वटा कम्पनीको १० लाख ९२ हजार तीन सय कित्ता सेयर छ हजार तीन सय १० पटक खरिदविक्री हुँदा ४२ करोड ८८ लाख ३४ हजार पाँच सय ३५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, बुटवल पावर कम्पनीको साढे छ करोड, नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड ८८ लाख तथा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, प्रभु बैंक प्रोमोटर र शिखर इन्स्योरेन्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र नागरिक लगानी कोषको क्रमशः ९७ लाख, ८५ लाख, ८३ लाख र ८० लाख रुपैयाँको कारोबार भएको छ ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै उन्नति माइक्रोफाइनान्सका सेयरधनीले ८.०३ प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, बुटवल पावर कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स, ङादी ग्रुप पावर, जनउत्थान सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नागरिक लगानी कोष लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, महुली सामुदायिक लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सिन्धु विकास बैंक र समिट माइक्रोफाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । हिमालयन डिस्ीलरी, राष्ट्रिय बीमा कम्पनी, नयाँ नेपाल लघुवित्त, भार्गव विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *