दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ५० करोडमाथि

मंगलबार सेयर बजार १५.६५ अंकले बढेर १३६१.०२ अंकमा पुगेको छ । उत्पादनमूलकबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १५१.२३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त क्रमशः ११.७४, ४३.८८, १८.१७, २०.३, ०.१४, ०.०६ र ३५.७६ अंकले बढेका छन् । उत्पादनमूलक समूह २.४३ अंकले घटेको छ ।

दिनभरिमा १६५ वटा कम्पनीको १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर छ हजार तीन सय एक पटक खरिदविक्री हुँदा ५० करोड ६४ लाख ८९ हजार तीन सय २२ रुपैयाँको कारोबार भएको छ । सिभिल बैंकको नौ करोड, नेपाल बैंकको तीन करोड तथा शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, बुटवल पावर कम्पनी र एशियन लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । मिर्मिरे माइक्रोफाइनान्सको ९९ लाख र नविल बैंकको ८८ लाखमाथिको सेयर कारोबार भएको छ ।

सिन्धु विकास बैंक, समता माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ७.३५, ५.८७, ५.४२ र ५.१६ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त, वरियन्टल होटल्स, ग्रामीण विकास लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, मेरो माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नयाँ नेपाल लघुवित्त र सेन्ट्रल फाइनान्सका सेयरधनीले क्रमशः ५.५८ र ५.३८ प्रतिशतका दरले गुमाएका छन् । गुहेश्वरी मर्चेन्ट फाइनान्स, पूर्णिमा विकास बैंक, हिमालयन डिस्टीलरी, नेपाल कम्युनिटी डेभलमेन्ट बैंक, तिनाउ विकास बैंक, ललितपूर फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका  छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *