साताभरमा २१.४३ अंकले घट्यो सेयर बजार, कारोबार रकममा वृद्धि

यो साता पनि सेयर बजार ओरालो लागेको छ । गत साता १३३९.६५ अंकमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साता १३१८.२२ अंकमा बन्द भएको छ । यसआधारमा हेर्दा, नेप्से परिसूचक २१.४३ अंकले घटेको देखिन्छ । गत साता सेयर बजार ८.८ अंकले मात्रै घटेको थियो । 

कारोबार रकमा साताभर नै उतारचढाव देखिएको छ । आइतबार ३४ करोड ८२ लाखको कारोबार भएको बजारमा सोमबार ३५ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भयो । मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरको मात्रै २२ करोडमाथिको कारोबार भएपछि कुल कारोबार ५३ करोड पुग्यो । त्यस्तै, बुधबार २९ करोडमा झरेको कारोबार विहीबार ३७ करोडमा उक्लिएको छ । समग्रमा साताभर एक अर्ब ९० करोड ४४ लाख ८८ हजार पाँच सय ८० रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेको भएतापनि गत साताको तुलनामा यो साताको कारोबार भने धेरै हो । गत साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार एक सय ९२ रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो । कारोबार धेरै हुने कम्पनीहरुमा यो साता कालिका माइक्रोक्रेडिट, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, स्वदेशी लघुवित्त, प्रभु इन्स्योरेन्स लगायत रहेका छन् । 

यो साता धेरै कमाउनेमा लघुवित्त क्षेत्रका सेयरधनी परेका छन् । सपोर्ट माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । पोखरा फाइनान्स प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *