राजेन्द्र नेपालको ‘आर्थिक समृद्धि’को विमोचन सम्पन्न

राजेन्द्र प्रसाद नेपाद्धारा लिखित पुुस्तक ‘आर्थिक समृद्धि’को विमोचन गरिएको छ । अनामनगरस्थित मिडिया इन्टरनेशनलमा आयोजित एक समारोहका बीच मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीद्धारा उक्त पुस्तकको विमोचन गरिएको हो । 

पुस्तक विमोचन समारोहमा पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी र अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् अर्थविद प्रा. डा.गोविन्द नेपालले पुस्तकको टिप्पणी गरे । उनीहरुले पुस्तकमा अन्यन्तै समसामयिक विषय समेटिएको बताए । विभिन्न देशहरुको विकास र त्यहाँको यथार्थतालाई शब्दमा उतार्न लेखकले निकै मिहिनेत गरेको भन्दै उनीहरुले पुस्तक देख्दा सानो भएपनि पुस्तकमा समेटिएका विषयवस्तुहरु अत्यन्तै व्यवहारिक रहेको बताए । यो पुस्तक पढेपछि सिंगापूर, चिन, कोरिया घुम्नका लागि कुनै पनि गाइड र नक्सा आवश्यक नपर्ने उनीहरुको भनाई थियो । 

कार्यक्रममा लेखक राजेन्द्र नेपालले पुस्तकका बारेमा प्रकाश पार्दै अबको नयाँ नेपाल निर्माणका लागि यो पुस्तक अत्यन्तै सान्दर्भिक हुने बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *