Reecharger एपमा वल्र्डकप जर्सी १ रुपैयाँमा

विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो । 

विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा Reecharger ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आइतबारबाट सुरु भएको छ । यो अफर Reecharger को वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नुहुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई Reecharger बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । 
‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा ९९९ रुपैयाँको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नुहुन्छ ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको Reecharger गुगलप्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य Reechargerले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको Reecharger एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *