पल्पि ब्राण्डको जुस अब नयाँ फ्लेबरमा पनि

चितवन जिल्लाको रत्ननगर नगरपालिका –१० मा २०७१ चैत २१ गते बिधिबत स्थापना भएको यस यूनाईटेड बेभरेज प्रा. लि. ले बिगत ५ बर्षदेखि आफ्ना पल्पि ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको छ । यस उद्योगमा नेपाली व्यबसायीको मात्र नभएर बिभिन्न मुलुकमा रहेका गैरआबासीय नेपालीहरुको समेत लगानी रहेको छ । उत्पादनको शुरुमा म्यांगो, पिंक ग्वाभा गरी दुईवटा फ्लेवरबाट शुरु गरिएकोमा पछिल्लो समय उपभोक्ताको मागलाई ध्यानमा राखी थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरी आइतबारदेखि बजारमा पठाउन थालिएको छ । 

यसैगरी नयाँ ह्याप्वी आवर ब्राण्ड मार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको छ । यूनाईटेड बेभरेज प्रा. लि. बाट उत्पादित जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने समेत संभाबना रहेको बताइएको छ ।     

यस कम्पनीबाट प्रत्यक्ष÷अप्रत्यक्ष गरी २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । यति धेरै जनालाई रोजगारी दिएको मात्र होइन, सरकारलाई राजश्व बुझाएर देशलाई स्वदेशी उत्पादनबाट आत्मनिर्भर गराउन आफ्नो क्षेत्रबाट थोरै मात्रामा भए पनि यस उद्योगले सहयोग पु¥याएको छ । यस्ता उद्योगका थप संभाबना भए पनि तिनले बिबिध किसिमका समस्या र चुनौतीको सामना गर्नु परेको यथार्थता हाम्रा सामु विद्यामान छ । पछिल्लो समय देशको कूल मागको ६० देखि ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भएको छ । त्यसकारण यो क्षेत्रमा हाल देखिएको समस्याको हल गर्न सरकारले उद्योगलाई बाहिरी मुलुकबाट आयात गरिने कच्चा पदार्थको भन्सार महसुल न्यून गर्नुपर्ने आबश्यकता भएको छ । यसो भएमा स्वदेशी उद्योगहरुलाई बिदेशबाट आयात गरिएका जुससंग प्रतिस्पर्धा गर्न सहज हुने बिश्वास कम्पनीले लिएको छ । 

साथमा नेपालमा नै पाइने फलफूलहरु जसले केही मात्रामा भए पनि जुस बनाउनका लागि चाहिने फ्रुट पल्प बनाउन आबश्यक पल्प प्रोसेसिङ प्लान्टको अभाब देखिएको छ । उद्योग संचालनका लागि यहाँका व्यबसायीहरुले बिभिन्न देशबाट त्यस्ता कच्चा पदार्थ आयात गर्नुपरेको छ । जसले गर्दा कच्चा पदार्थको मूल्यमा यहाँका व्यबसायीहरु भर पर्नुपर्ने भएको छ । त्यसैले यस्ता पल्प प्रोसेसिङ प्लान्ट सहुलियत दरमा ल्याउनका लागि सरकारबाट सहयोग भएमा यहाँका उद्योगलाई केही मात्रामा भए पनि राहत मिल्ने यूनाईटेड बेभरेज प्रा. लि का अध्यक्ष भेषराज दुवाडीले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *