आइतबारको नेप्से : ३३.७१ अंकले बजार घट्दा पनि छ कम्पनीका सेयरधनीले कमाए

आइतबार सेयर बजार ३३.७१ अंकले घटेर १२७३.९५ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः २६.०४, ६१.४४, ३०.८३, ३३.०९, ८.३९, २९०.८३, १७.७७ र ५५.०७ अंकले घटेका छन् । उत्पादनमूलक समूह ३५.८८ अंकले बढेको छ ।

दिनभरिमा १५५ वटा कम्पनीको नौ लाख ९७ हजार तीन सय ३८ कित्ता सेयर छ  हजार चार सय ७३ पटक खरिदविक्री हुँदा ५४ करोड ६६ लाख ६१ हजार तीन सय ६७ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयरको  पौने चार करोड र नेपाल बैंकको पौने तीन करोडको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक र मिर्मिरे माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको क्रमशः ९६ करोड र ९३ करोडको कारोबार भएको छ । 

आधा दर्जन कम्पनीका सेयरधनीले मात्रै कमाएका छन् । सबैभन्दा धेरै युनिलिभर नेपालका सेयरधनीले ४.०४ प्रतिशतका दरले कमाएका छन् । उन्नति माइक्रोफाइनान्स, ललितपूर फाइनान्स, पोखरा फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र युनाइटेड मोदी हाइड्रोपावरका सेयरधनीले क्रमशः १.९९, १.७६, १.३२, ०.९५ र ०.५३ प्रतिशतका दरले कमाएका छन् । 

यता, मेगा बैंकका सेयरधनीले ९.७० प्रतिशतका दरले गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका साधारण सेयरधनीले ८.८७ प्रतिशतका दरले गुमाउँदा सोही कम्पनीका प्रोमोटर सेयरधनीले ८.४१ प्रतिशतका दरले गुमाएका छन् भने जानकी फाइनान्सका सेयरधनीले ७.६० प्रतिशतका दरले गुमाएका छन् । आईएमई जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त, नेपाल हाइड्रो, समिट माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *