१२६८.८४ अंकमा झर्यो सेयर बजार, २८ कम्पनीका सेयरधनीले कमाए

सोमबार सेयर बजार ५.११ अंकले घटेर १२६८.८४ अंकमा कायम भएको छ । अन्यबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ६.०८, २.८७, २८.६२, ५.८, २७.१६, ५.७६, ६५.७५, १८.३२ र ३१.१३ अंकले घटेका छन् । अन्य समूह २४.१५ अंकले बढेको छ ।

दिनभरिमा १५७ वटा कम्पनीको १० लाख ७१ हजार आठ सय ६१ कित्ता सेयर पाँच हजार चार सय ६० पटक खरिदविक्री हुँदा ४२ करोड ४४ लाख आठ हजार आठ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार ५४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार मेगा बैंकको झन्डै साढे तीन करोडको कारोबार भएको छ भने नेपाल बैंकको दुई करोड ३३ लाखको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, साना किसान विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, शिखर इन्स्योरेन्स, सानिमा बैंक, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । खानीखोला हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ७.२१ प्रतिशतका दरले कमाएका छन् । नेपाल टेलिकम, ग्लोबल आईएमई समुन्नत स्कीम, कर्णाली डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड, नविल बैंक प्रोमोटर, उन्नति माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, माछापूच्छ्रे बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ग्लोबल आईएमई लघुवित्तका सेयरधनीले ७.०६ प्रतिशतका दरले गुमाएका छन् भने मेरो माइक्रोफाइनान्स, ङादी ग्रुप पावर र एनआईसी एशिया ग्रोथ फण्डका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । सानिमा माई हाइड्रो, आईसीएफसी फाइनान्स, सिनर्जी पावर, एशियन लाइफ इन्स्योरेन्स, बोटलर्स नेपाल, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *