भोईस अफ नेपालको मूख्य प्रयोजक बन्यो जगदम्बा मोटर्स

टिभियस् मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रा. लिले हालै अन्तराष्ट्रिय टेलीभिजन गायन कार्यक्रम’भोईस अफ नेपाल’ को मुख्य प्रायोजक बन्ने साझेदारी गरेको छ । द भोईस अफ होल्ल्यान्ड, नेदरल्यान्डस्मा मूल सिर्जना र प्रसारन भएको थियो । २०११ देखि धेरै वोटा देशहरुले यो कार्यक्रमको ढाँचा अपनाएर आफ्नै संस्करणहरु प्रसारन गरेका छन । नेपालमा पहिलो पटक यो कार्यक्रम’भोईस अफ नेपाल’नाम गरेर प्रसारन हुनेछ । यस् कार्यक्रमले अज्ञात युवा नेपालीप्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानितगर्ने लक्ष्य राखेको छ ।  प्रतियोगीहरुले जुनगायन शैलीआफुलाई सबै भन्दा राम्रो गाउँन औँछ त्यही शैलीमा गाउँन पाउँछन । कुनै गायन शैली बिशेष एपिसोडहरु हुँदैनन । यो कार्यक्रमले धेरै लोकप्रियता बटुल्ने आशा गरिएको छ ।

यो कार्यक्रमश्रावन २०७५ को पहिलो हप्ता देखि चार महिना सम्मलगातार चल्ने छ । पहिलो सिजनमा कुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारण हुने छन् । यसमा ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नकआउट र ग्रान्ड फिनाली गरी चार राउण्डहरु हुनेछन् । 

मोटरसाईकलको सबैभन्दा ठूलो रेन्ज भएको टिभियस् मोटर कम्पनीले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्ज अपाचे आरटिआरलाई यस कार्यक्रमसँग अबद्ध गरेको छ । अपाचे आरटिआरको पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस कार्यक्रमका प्रतियोगिहरुमा पनि हुने अपेक्षा गरिएको छ । टिभियस अपाचे र भोईस अफ नेपालको राम्रो संगम हुने मानिएको छ । कार्यक्रमले नेपाली प्रतिभालाई अन्तराष्ट्रिय मान्यता दिनेछ । यस व्यापारिक टाईअपले कार्यक्रमलाई अझ धेरै भव्य बनाएको छ ।

कार्यक्रमका अधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर एचडि र डिसहोम रमाईलो टिभी एचडी हुन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *