सेयर बजारमा २५.४३ अंकको गिरावट, १३ कम्पनीका सेयरधनीले मात्रै कमाए

आइतबार नेप्से २५.४३ अंकले गिरावटसँगै १२३१.६४ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युछ्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १९.२८, ५४.४६, २२.२४, २७.२७, ५.४७, २१७.२४, २७.०१, ९.१३ र ४३.९६ अंकले घटेका छन् । 

दिनभरिमा १६२ वटा कम्पनीको ११ लाख ७६ हजार ३४ कित्ता सेयर पाँच हजार सात सय ११ पटक खरिदविक्री हुँदा ४४ करोड ४३ लाख ९२ हजार आठ सय १३ रुपैयाँको कारोबार भएको छ । मेगा बैंकको चार करोड तथा एभरेष्ट बैंक, नेपाल टेलिकम, नेपाल लाईफ इन्स्योरेन्स, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, साना किसान विकास बैंक, प्रिमियर इन्स्योरेन्स र एनएमबि बैंकको एक करोडमाथिको कारोबार भएको छ भने सानिमा बैंकको ९५ लाखमाथिको सेयर कारोबार भएको छ ।

जम्मा १३ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । उन्नति माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९४, ७.९० र ६.०३ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर, सानिमा इक्विटी फण्ड, सृजना फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल माइक्रोफाइनान्स, सिनर्जी पावर, लुम्बिनी विकास बैंक, अरुण काबेली पावर र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले पनि कमाएका छन् ।

यता, मिर्मिरे माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, विजय लघुवित्त र खानीखोला हाइड्रोका सेयरधनीले क्रमशः ८.०३, ७.३१, ६.७४ र ६.६६ प्रतिशतका दरले गुमाएका छन् । हाथवे फाइनान्स, मिथिला लघुवित्त, लक्ष्मी लघुवित्त, किसान माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *