टोयोटाको एक्सचेन्ज मेला : दुई सयभन्दा बढीको सहभागिता

विश्व प्रख्यात मोटर कम्पनि टोयोटाको एक मात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले  नेपालमा टोयोटा गाडी बिक्रि बितरण शुरु गरेको आधा शताब्दी पार गरिसकेको छ । यस लामो अवधिमा  नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गर्दै आइरहेको छ । यसै योजना अन्तर्गत कम्पनीलेयहि जेठ २६ र २७गते काठमाडौंको नक्साल बेङक्वेटमा “टोयोटा एक्सचेन्ज मेला” भव्यताका साथ सम्पन्न गरेको छ । 

उक्त दुई दिने मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो ।. ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो । मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । त्यस्तै, गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । 

उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेष सांगीतिक ब्याण्डको लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथ साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेष आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालको ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएको कम्पनीले बताएको छ । आफ्ना ग्राहकप्रति सँधै समर्पित रहदै आएको टोयोटाले समयानुकुल र आवश्यकताअनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने बताएको छ । 

मेलामा २००जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो । ग्राहकहरुले कम्पनिप्रति देखाएको विश्वासले नै यस्ता कार्यक्रम सञ्चालन गर्न औसला प्रदान गरेको कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *